
काठमाडौं, असार ८ गते। सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो। “सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो। प्रधानमन्त्रीजीले नागरिकताको विधेयक अगाडि बढाउने […]

मकवानपुर / असार ७ गते। खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने बताउनु भएको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरीक्षण गर्न […]

धर्बेन्द्र झा / धनुषा, असार ६ गते । मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहले अशिक्षा नै महिला हिंसाको मुख्य कारक रहेकोले प्रदेश सरकार शिक्षालाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाएको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबार नेपाल पक्ष रहेका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय […]

काठमाडौं, असार ५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ। उहाँले आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गर्नुभएको हो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन […]

काठमाडौं, असार ४ गते । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जित्नुभएको हो । मिस नेपाल नम्रता श्रेष्ठले उहाँलाई ताज पहिर्याउनुभयो । सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्नुभएको छ ।

अमरराज नहर्की / तनहुँ, असार ३ गते। पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ। सदरमुकाम दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा निजी छाडेर भर्ना गर्ने विद्यार्थीको लर्को लाग्ने गर्दछ। विद्यालयमा अहिले दुई हजार सात सय विद्यार्थी अध्ययन गर्छन्। यो वर्ष विद्यालयले भर्ना नसकेर […]

काठमाडौं, असार २ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ। सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उहाँले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताउनुभयो। उहाँले भन्नुभयो, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको […]

काठमाडौं, असार १ गते। प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राप्रपाले ज्ञापनपत्र बुझाएको हो। प्रतिनिधिमण्डलमा अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहोरा, उपाध्यक्ष बुद्विमान तामाङ महामन्त्री सहभागी हुनुहुन्थ्यो। देशमा वर्तमान अवस्थामा महँगी नियन्त्रण, किसानलाई समयमा […]

काठमाडौं, जेठ ३१ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालमाथि लगाएका सबै खाले प्रतिबन्ध हटाएको छ । आईसीसीले यसअघि नोपलमाथिको प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । आईसीसीले अहिले कन्ट्रोल फन्डिङबाट हटाएर नेपाललाई सबै खालको नियन्त्रणबाट फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा आईसीसीले जेठ ३० […]

बागलुङ, जेठ ३० गते । युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्ने नीति अवलम्बन गर्न बागलुङका युवाहरुले गण्डकी प्रदेश सरकारलाई सुझाएका छन् । युवा तथा खेलकुद मन्त्रालय गण्डकी पदेशले बागलुङमा आयोजना गरेको प्रदेश युवा नीतिको मस्यौदा उपर सरोकारवालासँग अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रममा सहभागी युवाहरुले शारीरिक तथा मानसिक रुपमा बलियो शक्तिलाई विदेश पलायन हुनबाट रोक्ने नीति […]