
काठमाडौं, साउन ३ गते । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ । तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासी र सहरी विकासमन्त्री […]

काठमाडौं, साउन २ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । मङ्गलबार उच्च अधिकारीसहितको टोलीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात् सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । मन्त्री ज्वालाले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात […]

गुजरात / साउन २ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भातरबीच भएको सम्झौता अनुसार संयुक्त विद्युतीय भुक्तानी कार्यान्वयन छिटो अगाडि बढाउन संयन्त्र स्थापनाको काम अगाडि बढ्ने बताउनु भएको छ। मंगलबार भारतका अर्थमन्त्री निमला सितारामणसँगको भेटमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । भेटमा भारतका अर्थमन्त्रीले भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड र नेपालको एनसिएचएलबिच भएको समझदारी बमोजिम […]

राममणि दाहाल / हेटौँडा, साउन १ गते । उच्च अदालत पाटन, हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यकाआधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाएको छ । अदालतका सूचना अधिकारी केशव ढुङ्गानाले उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यको आधारमा […]

काठमाडौं, साउन १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा विभिन्न अभियोगमा ७६० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दायर भएका १६२ वटा मुद्दामा प्रतिवादीको सङ्ख्या ७६० रहेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो । जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी एक, अन्य राष्ट्रसेवक कर्मचारी ३५५, बिचौलिया तथा मतियारलगायत अन्य […]

विष्णुप्रसाद पोखरेल / दमक, असार ३० गते । झापामा चैते धानको उत्पादन र उत्पादकत्व घटेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यन्वयन ईकाइ झापामार्फत चैते धान विस्तार कार्यक्रम सञ्चालित रहेको छ । गतवर्ष अर्थात २०७८/०७९ भन्दा २०७९/०८० मा ३ दशमलव ११ प्रतिशतले उत्पादन घटेको परियोजना कार्यन्वयन इकाइका प्रमुख रविन्द्र सुवेदीले बताउनुभयो । दुवै वर्षमा दुई […]

गण्डकी, असार ३० गते । ‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठुलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन् । विदेशी काठ एवम् आल्मुनियम र युपिभिसीको प्रयोग […]

काठमाडौं, असार २९ गते । दार्चुला र बझाङ जिल्लाका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट […]

काठमाडौं, असार २९ गते। श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ। कोलम्बो क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो। नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। पाकिस्तान ए […]

प्रकाशविक्रम शाह / धनगढी, असार २८ गते । अधिकांश युवा काम गर्न होस् वा पढ्नका लागि विदेश जाने योजना बनाउने गर्छन् । तर कैलालीको लम्कीचुहा नगरपालिका १७ वर्षीय विज्ञान सञ्जाल भने नेपालमै रोजगारी खोज्ने बताउनुभयो । लम्कीकै जनजागृति उच्चमाविमा विज्ञान विषय पढिरहनु भएका सञ्जालले १२ कक्षा उत्तीर्ण भएपछि सुब्बा वा खरदारका लागि लोकसेवा भिड्ने बताउनुभयो […]