समाचार

विगतका कामलाई नीति तथा कार्यक्रममा समावेश भएन : एमाले अध्यक्ष ओली

काठमाडाैँ, जेठ ७ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास बढेको बताउनुभएको छ । आइतबार सरकारले सङ्घीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो दाबी गर्नुभएको हो । मुलुकको अर्थतन्त्र सङ्कटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक […]


गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व : सञ्चारमन्त्री शर्मा

काठमाडौं, जेठ ७ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ । आसन्न गणतन्त्र दिवसका सन्दर्भमा आयोजित विभिन्न मन्त्रालयका प्रवक्ताहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापनाका गौरवमय पन्ध्र वर्षको समीक्षासहित यसबिचमा भएका प्रगतिका सूचक र तथ्य जनताको बिचमा […]


व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री महत

काठमाडौं, जेठ ६ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकका बारेमा छलफल गर्नुभएको छ। सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएको हो। छलफलका क्रममा उठेको जिज्ञासाको जवाफ दिँदै उहाँले व्यक्ति वा पार्टीभन्दा माथि उठेर काम गर्ने बताउनुभएको छ। ‘‘सिस्टमबाट आएका कुरा ठीक छन् कि […]


प्राधिकरणले उदयपुर सिमेन्ट उद्योगको लाइन जोड्यो

भक्तिविलास पोखरेल / उदयपुर, जेठ ६ गते । नेपाल विद्युत प्राधिकरणले लाइन काटेको छ दिनपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा पुःन विद्युत लाइन जडान गरिएको छ । उद्योगले विजुली उपयोग गरे वापतको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी नगरेको भन्दै गएको आइतबार अपरान्हबाट विद्युत लाइन काटेको हो । नेपाल विद्युत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु […]


सगरमाथा चुचुराेमा ३२५ आरोही

काठमाडौं, जेठ ५ गते । वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म […]


पूर्ण खोप सुनिश्चितताको जिल्ला बन्दै रौतहट

यादवराज पुरी / रौतहट, जेठ ५ गते । रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो । नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको खोप कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्दै […]


भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकाय जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा

काठमाडौं, जेठ ३ गते । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । उहाँले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु […]


एसइई उतीर्ण छात्रालाई कम्प्युटर वितरण

दिपकप्रसाद गौतम / वीरगञ्ज, जेठ ३ गते । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० कार्यालयले उक्त वडाबाट एसइई परीक्षा उतीर्ण गरेका १६ जना छात्राहरुलाई कम्प्युटर प्रदान गरेको छ । वडाको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी वडा कार्यालयले एसइई उतीर्ण गरेका छात्राहरुलाई कम्प्युटर प्रदान गरेको हो । निर्वाचनमा आफूले गरेको घोषणा बमोजिम […]


रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्वारा सदर

काठमाडौं, जेठ २ गते । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो । सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ […]


काठमाडौंका सडक छेउमा पार्किङ निषेध, भ्यु टावरमा पार्किङ सुरु

विष्णु पाण्डेय / काठमाडौँ, जेठ २ गते । काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । महानगर प्रमुख बालेन्द्र साहको एक वर्षको प्रयासपछि अहिले महानगर भित्रका सडकमा पार्किङ निषेधित बनेका छन् । साह गतवर्ष मेयरमा निर्वाचित भएपछि महानगरभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । जथाभाबी फुटपाथ हटाउने र बेसमेन्ट […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter