समाचार

गाउँमा सेवाप्रदायक सहरमा सेवाग्राही

काठमाडौँ, साउन १३ गते । सङ्घीय व्यवस्थाले सेवाप्रदायक संस्था गाउँ गाउँमा पु-याए पनि सेवाग्राही भने सहर केन्द्रित भएका छन्। सरकारले साधन, स्रोत र जनशक्ति नागरिकको घरदैलोमा पु-याउने उद्देश्यले सङ्घीय व्यवस्था कार्यान्वयनमा ल्याए पनि सेवा लिने सेवाग्राही भने सहर केन्द्रित हुँदै गएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँमा भन्दा सहरमा बस्ने जनसङ्ख्या करिब तेब्बर छ। कुल […]


राष्ट्रपतिद्वारा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने विधेयक प्रमाणीकरण

काठमाडौं, साउन १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि […]


कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश : ‘पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु’

काठमाडौं, साउन १२ गते । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज (शुक्रबार) सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो । आदेशमा […]


कलङ्की–बसुन्धारा सडक खण्ड फरक डिजाइनमा बन्ने

काठमाडौँ, साउन ११ गते । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किसिमको हुने सडक विभागको भनाइ छ । सडक विभाग, विकास सहायता […]


चामल आयात आधाले घट्यो

काठमाडौँ, साउन ११ गते । गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपियाँको हाराहारीमा झरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल […]


सरकारको भ्रष्टाचारविरोधी अभियानमा कांग्रेसको समर्थन

काठमाडौं, साउन १० गते । नेपाली कांग्रेसको साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठक बुधबार सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुँदै बैठकमा निकै महत्वपूर्ण सुझाव संकलन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै महत्वपूर्ण विषय राख्नुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु । अत्यन्तै, राजनीतिक कांग्रेस कोहीभन्दा कम छैन भन्ने कुरा […]


सौन्दर्यीकरणका लागि वृक्षरोपण

जानु पाण्डे / कपिलवस्तु, साउन १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्य सडकको दुवै किनारमा वृक्षरोपण गरेको छ । ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत आरटीओ सडकमा बिरुवा लगाइएको छ । तीन किलोमिटर क्षेत्रमा १५ मिटरको दूरीमा वृक्षरोपण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । करिब ५ हजार बिरुवा सडकको छेउमा रोपिएको छ । […]


खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज (मङ्गलबार) […]


निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौं, साउन ९ गते। निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी […]


उद्यमीलाई उद्यम गर्न महानगरले बिउ पुँजी दिने

ललितपुर, साउन ८ गते । ललितपुर महानगरले सोमबार महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीको उत्पादन बजारीकरण गर्न र क्षमता […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter