समाचार

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध छु’

काठमाडौं, चैत ६ गते । सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँग छलफल गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धित विधेयकहरूको अवस्थालगायतका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले चैत ३ गते महासङ्घसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले […]


‘हाइड्रो भिलेज’ बन्यो नारच्याङ

ठाकुरप्रसाद आचार्य / म्याग्दी, चैत ६ गते । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका युवा टेकबहादुर पुनले दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाको सेयरको प्राथमिक निष्कासन (आईपीओ)मा ५५ हजार रुपियाँको ५५० कित्ता सेयर खरिद गर्नुभयो । पुनजस्तै नारच्याङका अधिकांशले आईपीओमा लगानी गरेका थिए । दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाले स्थानीय प्रभावितका लागि प्राथमिक सेयर जारी गर्दा यहाँका […]


फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता

पोखरा, चैत ५ गते। फेवातालमा साइँली, डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिर झलल। स्वरः शिव परियार, सङ्गीतः रामचन्द्र काफ्ले, रचनाः किरण घिमिरे। पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई। फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन्। आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन्। जति […]


राजस्व नीतिबारे सरकारद्वारा सुझाव माग

काठमाडौं, चैत ५ गते। आगामी आर्थिक वर्ष २०८/०८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ। अर्थ मन्त्रालयले आइतबार सूचना जारी गर्दै चैत २० गतेसम्म सुझाव दिइसक्न भनेको हो। “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, […]


सरकारलाई विश्वासको मत दिन १० दल सहमत

काठमाडौं, चैत ४ गते। सकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दल सहमत भएका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दलका शीर्षनेता सहमत भएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिनिधि सभामा प्रस्तुत हुने एकमत भएर अगाडि बढ्ने सहमति शीर्षनेताबीच […]


व्यवसायीद्वारा डेरी उद्योग सञ्चालन

रमेश विश्वकर्मा / गुल्मी, चैत ४ गते । गुल्मीको तम्घासमा चार जना डेरी व्यवसायी मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । यहाँ डेरी व्यवसाय गर्दै आउनुभएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेतले रेसुङ्गा नगरपालिका– ९ मा गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो । यहाँबाट गाईको दूध र भैँसीको दूध बिक्री वितरण […]


करिब २२ लाख प्रिमियम रकम व्यक्तिगत खातामा राखेर स्वास्थ्यकर्मी फरार

काठमाडौं, चैत ३ गते। बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपियाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर स्वास्थ्यकर्मी सम्पर्कविहीन भएको पाइएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सिअहेब (छैटौं तह) मोहम्मद फिरोज अली बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपियाँ रकम […]


जनप्रतिनिधि र स्थानीयको निगरानीमा रुख कटान

जानु पाण्डे / कपिलवस्तु, चैत ३ गते । कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ त्रिसुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा कटान सुरु भएको छ । कार्य योजनाअनुसार हुने कटान गर्न तोकिएको रुखको कटान गर्न र पारदर्शिताको लागि जनप्रतिनिधि, सञ्चारकर्मी, वन कार्यालयका कर्मचारी र स्थानीयको उपस्थितिमा कटान सुरु गरिएको सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो । रुख […]


सत्ता गठबन्धन दलको अर्को बैठक बिहीबार बस्ने

काठमाडौं, चैत १ गते। १० दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिनुभयो। नेता बस्नेतका अनुसार १० दलका बीचमा सकारात्मक रुपमा छलफल भएको छ। अर्को बैठक बिहीबार […]


लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

काठमाडौं, चैत १ गते। चालु आर्थिक वर्ष २०७९–८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो। दोस्रो चौमासिकसम्ममा विभागले तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो। तर यो अवधिको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter