समाचार

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

नारायण न्यौपाने / काठमाडौँ, पुस १७ गते । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्नुभयो । कोदो नेपालको धान, […]


ईयूको सुरक्षा जोखिम सूचीबाट हट्ने नेपालको अपेक्षा

विष्णु पाण्डेय / काठमाडौं, पुस १६ गते। नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (ईयु)को टोली नेपाल आउने भएको छ। अबको एक, दुई महिनाभित्रै ईयुको टोली अडिटका लागि नेपाल आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘नेपालको हवाई सुरक्षाको अडिटको लागि ईयूको प्राविधिक टोली केही महिनापछि नेपाल आउन लागेको […]


परियोजना ‘मोडल’मा अघि बढाउने तयारी

लक्ष्मी सापकोटा / काठमाडौँ, पुस १६ गते । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निर्देशिका तयार गरी सुझावका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो कार्यक्रमको निर्देशिका तयार गरी राय सुझावको लागि पेस गरेको हो । अर्थ मन्त्रालयबाट रायसुझाव आएपछि मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयले जनाएको छ । सो […]


शालिनदीमा माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी

काठमाडौं, पुस १५ गते । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ । मेलाको ३५ लाखसम्म आन्तरिक एवम् बाह्य पर्यटकले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा […]


नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

पोखरा, पुस १५ गते । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४औँ संस्करणको सडक महोत्सव चलिरहेको […]


तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

काठमाडौं, पुस १४ गते। विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ। तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो। यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ। राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने […]


भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

अविनाश चौधरी / धनगढी, पुस १४ गते । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो होमस्टेमा पाहुनाको आगमन सघन हुन नसकेपछि चाहेजस्तो नचलेको […]


अव्यवस्थित तार हटाएर ठमेललाई सफा र सुन्दर बनाइँदै

काठमाडौं, पुस १३ गते । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषद्को सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने […]


पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट

काठमाडौं, पुस १३ गते । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले […]


महिलाका सवालमा महिला सांसद एकजुट हुुने

काठमाडौँ, पुस १२ गते । प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेत्रीहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र साथी संस्थाले आज आयोजना गरेको ‘आगामी संसदमा महिलाको सहभागिता र भूमिका’ विषयक अन्तरक्रियामा सहभागी विभिन्न दलका महिला नेत्रीले यस्तो विचार […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter