
काठमाडौं, चैत १७ गते । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, […]

राधा लुइँटेल / फिदिम, चैत १७ गते । पाँचथरको फालेलुङ गाउँपालिकाका एक युवकले २५ लाख रुपियाँ लगानी गरेर गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन् । पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेर फर्किनुभएका फालेलुङ–३, ताङ्लेपाका प्रयास केरुङले दैनिक दुई सयवटा साबुन उत्पादन गर्न सक्ने क्षमताको उद्योग सञ्चालनमा ल्याउनुभएको हो । केरुङले सञ्चालनमा ल्याउनुभएको उद्योगलाई ‘फालेलुङ साबुन उद्योग’ […]

काठमाडौं, चैत १६ गते। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ। बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको हो। उहाँले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने […]

भक्तपुर, चैत १६ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, […]

ललिता साह / वोदेवर्साइन (सप्तरी), चैत १५ गते । सप्तरीमा चैते धान लगाउने किसान र जग्गाको क्षेत्रफलमा वृद्धि भए पनि सरकारले प्रदान गरिने अनुदानको रकम भने समयमा किसानसम्म नपुगेको किसानको गुनासो छ । सप्तरीमा हाल दुई सय २० हेक्टरमा चैते धानको खेती हुँदैआएको छ । यो धान ४.७७ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ । गत […]

कपिल ज्ञवाली / सिद्धार्थनगर, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताउनुभएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार रुपन्देहीको तिलोत्तमामा भएको पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । गठबन्धन सरकार बनेदेखि मुलुकको आर्थिक अवस्था कमजोर बन्दैगएको उहाँले […]

काठमाडौं, चैत १४ गते। नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइल प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो । नेपालले फाइनलमा अब चैत १७ गते लाओससँग खेल्नेछ । खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका […]

ढोरपाटन, चैत १४ गते । दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दशैंको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बुढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरूलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा […]

काठमाडौं, चैत १३ गते। नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ।राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो। अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो। प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ। पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा […]

काठमाडौं, चैत १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले यस क्षेत्रको विकास र विस्तारमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको […]