समाचार

सहज सिकाइका लागि गणित पार्क

काठमाडौँ, फागुन ३० गते । गणित (म्याथ) विषयलाई प्रयोगात्मक र जीपनोपयोगी बनाउन म्याथ पार्क निर्माणको सुरुवात गरिएको छ । म्याथ विषय गाह्रो हो भन्ने विद्यार्थी तथा अभिभावकको बुझाइमा परिवर्तन ल्याउन शैक्षिक संस्थामा म्माथ पार्क निर्माण गरिएको हो । राजधानीको बूढानीलकण्ठमा रहेको इम्पेरियल बर्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको मंगलबार शुभारम्भ गर्दै शिक्षा विज्ञान तथा प्रविधि […]


हजार किलोमिटर हिँडेर दुई सय कोरियाली लुम्बिनीमा

कपिल ज्ञवाली / सिद्धार्थनगर,फागुन ३० गते। दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर मंगलबार लुम्बिनी आइपुगेका छन्। भारत हुँदै बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले बुद्धस्थलमा स्वागत गरेको छ। दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको पैदलयात्री एक हजार किलोमिटर दुरी पैदल यात्रा गरेर लुम्बिनी आइपुगेका हुन्। भारतको कुशिनगर, शारनाथ […]


मुख्यमन्त्रीद्वारा अस्पतालको आकस्मिक निरीक्षण

धीरेन्द्रप्रसाद साह / जनकपुर, फागुन २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण अनुगमन गर्नुभएको छ । स्वास्थ्य प्रयोगशाला परीक्षणमा लापरबाही भइरहेको गुनासो आएपछि मुख्यमन्त्रीले आकस्मिक अस्पतालको अनुगमन गर्नुभएको हो । प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादव अनुपस्थित रहेको पाइएपछि उहाँले मातहतका कर्मचारीलाई स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर […]


सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

काठमाडौं, फागुन २९ गते । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ४ प्रतिशत कायम गरिएको छ […]


राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा शान्ति स्थापना : सभामुख घिमिरे

बहराइन,फागुन २८ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ। अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आइतबार साँझ सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले नेपालका प्रमुख राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भएर शान्ति स्थापना भएको बताउनुभएको […]


निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछः मन्त्री मोदी

काठमाडौं, फागुन २८ गते। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताउनुभएको छ। राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय व्यक्तिको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराउनुभएको हो। “तपाईंहरुको लागि सरकारका तर्फबाट गर्न सक्ने सहयोग […]


आइतबार माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन

काठमाडौं, फागुन २७ गते । आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी दिनुभएको हो । मुख्य सचिव ढकालका अनुसार आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन […]


‘बुटवल–नारायणगढ सडकको काम द्रुत स्तरमा नभए ठेक्का तोडिने’

होमराज रानाभाट / कावासोती फागुन २६ गते । उपप्रधानमन्त्रीसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम अगाडि नबढ्ने र समयभित्र सम्पन्न हुुन नसके सरकार ठेक्का तोड्न बाध्य हुने बताउनुभएको छ । उपप्रधानमन्त्री समेत रहनुभएका श्रेष्ठले राष्ट्रिय गौरबको आयोजनाका रुपमा निर्माणाधीन बुटवल नारायणगढ सडक को ठेक्का समयमा नसकेर पुन: […]


पृथ्वीराजमार्ग थप १४ दिन दैनिक चार घण्टा बन्द

अमरराज नहर्की / तनहुँ, फागुन २६ गते । पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्ड थप १४ दिन दैनिक चार घण्टा बन्द गरिने भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तीव्रता दिन थप फागुन २८ देखि चैत्र १२ गते सम्मका लागि रातको समयमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सहायक प्रमुख […]


काठमाडौंमा दोस्रो अर्थशास्त्री सम्मेलनको तयारी

काठमाडौं, फागुन २४ गते । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुनेभएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो । अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरु तथा नीति […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter