
काठमाडौं, मङ्सिर २० गते । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलान्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरू फार्मभित्रै मर्न थाले । दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नति हाम्रो बङ्गुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट […]

काठमाडौँ, मङ्सिर १९ गते । काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरामा ३२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट १ जना पर्ने गरी सिफारिस भएर आएका महिला स्वास्थ्य स्वयमसेविकालाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत […]

काठमाडौं, मङ्सिर १९ गते । ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेश सभा सदस्यद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमले उज्यालो ओखलढुङ्गाको नारालाई सफल बनाउने अभियान सुरु गर्नुभएको छ । ओखलढुङ्गा जिल्लाभरिमै विद्युत् प्रसारण लाइन विस्तार गर्न आज विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उहाँहरूले जिल्लाको वस्तुगत अवस्थाबारेमा जानकारी गराउनु भएको छ […]

काठमाडौं, मङ्सिर १८ गते। सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ । अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही […]

काठमाडौं, मङ्सिर १८ गते। निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ। आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानुनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट […]

भेषराज बेल्बासे / काठमाडौँ, मङ्सिर १७ गते । सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि चालू आर्थिक वर्ष मुद्रास्फीति सीमाभन्दा धेरै माथि पुग्ने देखिएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को प्रथम त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाअनुसार मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखिएको हो । चालू आर्थिक वर्ष […]

सन्तोष राउत / सोलुखुम्बु, मङ्सिर १७ गते । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय सल्लेरीले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ टाक्सिन्दुमा एक सय जना बृद्धबृद्धालाई गाउँमै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । बैङ्कले वडा कार्यालयको समन्वयमा एक दिने सामाजिक सुरक्षा भत्ता वितरण तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना […]

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल उद्योग परिसङ्घले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्रका विद्यमान समस्या सम्बोधन गर्न नेपाल राष्ट्र बैङ्क चुकेको जनाएको छ । वाणिज्य बैङ्कको औसत ब्याजदर अन्तर ४.४ बाट ४ प्रतिशत तथा विकास बैङ्क र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्ने, भुक्तानी प्रणालीमा कुनै […]

क्वालालम्पुर, मंसिर १५ गते । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । बिहिबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त हुनुभएकोमा पौडेललाई बधाई दिनुभएको […]

तोलाकान्त बगाले / वालिङ, मङ्सिर १४ गते । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र […]