समाचार

अब सवारी साधनमा ‘साहित्य र विज्ञापन’ लेख्‍न नपाइने

काठमाडौं, असार २३ गते । गृहमन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न, सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माणका लागि बिहीबार विभिन्न निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ । मन्त्रालयले परिपत्र गरेको निर्णयको बुँदा नम्बर १० मा सवारी साधनमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने उल्लेख गरिएको छ । सचिव […]


पहिलो कान्छो सगरमाथा आरोहीको निधन

चित्र मिजार / सिन्धुपाल्चोक, असार २३ गते । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो । तामाङको बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ । उहाँले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गर्नुभएको […]


अर्थमन्त्री जनार्दन शर्माको राजीनामा; अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं, असार २२ गते । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ । संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम अर्थमन्त्री शर्माले राजीनामा दिनुभएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो । […]


काठमाडौंलाई फुटपाथ व्यापार मुक्त शहर बनाउने तयारी

दीपा चाैधरी / काठमाडौं, असार २२ गते । अबको केही समयपछि काठमाडौं महानगरपालिका फुटपाथ मुक्त शहर बन्ने भएको छ । महानगरले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने अभियान सुरु गरेसँगै अब काठमाडौं फुटपाथ व्यापार मुक्त शहर बन्ने भएको हो । बालुवाटारमा गाडामा मकै बेच्ने चेतेन्द्र आचार्य दम्पतीको कारबाहीले यसअघि चर्चा पाएको थियो । कारबाहीमा परेपछि आचार्य दम्पतीले […]


मनोरञ्जन क्षेत्रका श्रमिकको अधिकार संरक्षण गर्न प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं, असार २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास नेपाल संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको छ । मङ्गलबार मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रका श्रमिकहरुको अधिकारको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुलाई आफ्नो इच्छाले […]


अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं, असार २० गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताउनुभएको छ । आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएकोे हो । उहाँले पछिल्लो समय अर्थतन्त्रका प्राय सबै सूचकमा दबाब रहेको बताउनुभयो । गभर्नर अधिकारीले […]


प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे संसदमा छलफल हुन्छ : कानुनमन्त्री कोइराला

काठमाडौं, साउन २० गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेकाबेला उहाँको यस्तो भनाइ आएको हो । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले बजेट पारित […]


कृषिको रैथाने संरक्षण अभियानमा अभियन्ता ढकाल

चाँदनी आचार्य / कैलाली, असार १९ गते । गाउँको उत्पादन शहरमा, रैथाने खाना घर–घरमा भन्ने अभियानकासाथ संरक्षणकर्मी तिलक ढकाल अहिले नेपालका विभिन्न जिल्लामा उत्पादित रैथाने वस्तुलाई शहरका उपभोक्ता माझ पु¥याउन व्यस्त हुनुहुन्छ । वन, वातावरण र जैविक विविधतामा दुई दशक बिताई जागिरे सेवाबाट निवृत्त हुनु भएको छोटो समयमै एग्री प्रोडक्ट नेपाल प्रालि मार्फत अहिले तिलक […]


विष्णु पौडेलको संयोजकत्वमा एमालेले बनायो निर्वाचन छानबिन समिति

सपना थामी / काठमाडौं, असार १९ गते। नेकपा (एमाले) को सचिवालय बैठकले स्थानीय निर्वाचन परेको उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको छ। पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन सदस्यीय समिति गठन भएको हो। उहाँले पार्टी अध्यक्ष […]


मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, असार १८ गते । पदमार्गका लागि संसारकै आकर्षक गन्तव्यको सूचीमा रहेको सोलुखुम्बुको मेरापिक हिमाललाई समेटेर सरकारले मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ । सगरमाथा र मकालु वरुण राष्ट्रिय निकुञ्जबीच भागलाई समेटेर सो निकुुञ्ज घोषणा गर्ने तयारी भइरहेको हो । मेरापिक राष्ट्रिय निकुञ्ज स्थापनाका लागि अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter