समाचार

भदौ दोस्रो साता झापामा बिजी धानको रोपाइँ चल्दै

विष्णुप्रसाद पोखरेल / दमक, भदौ १६ गते । झापाको कमल गाउँपालिकामा भदौको दोस्रो सातामा नयाँ अभ्यासको रूपमा धानको बिउँ उत्पादनका लागि बिजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २ मा सामूहिक रूपमा धान लगाइएको कृषि प्राविधिक समेत रहनु भएका स्थानीय टंक कट्टेलले बताउनुभयो । आदिवासी सिमान्ताकृत समुदायलाई सहभागी गराएर […]


जवराको बयान बीचमै रोकिन सक्छ : अध्यक्ष ओली

विष्णुप्रसाद पोखरेल / दमक, भदौ १६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गर्नुभएको छ । विहीबार अपरान्ह गृह जिल्ला झापा आउनुभएका ओलीले भद्रपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो आशंका व्यक्त गर्नुभएको हो । “गठबन्धन […]


निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकिएन, थप प्रश्नको जवाफ बिहीबार दिनुहुने

काठमाडौं, भदौ १५ गते । बुधबार महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ। महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको हो। समितिले सोधेका सबै प्रश्नको जवाफ बुधबार मात्र दिन नसकेपछि बिहीबारको बैठकमा थप जवाफ दिनु हुनेछ। गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका […]


जिल्ला न्यायाधीश अधिकारी बर्खास्त

काठमाडौं, भदौ १५ गते। न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ। न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको […]


नेपालले जित्यो टी–२० सिरिज

गाेविन्द रेग्मी / काठमाडौं, भदौ १४ गते । घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा […]


कृषि सामग्री कम्पनी लिमिटेडले बाँकी चार वर्ष भारत सरकारसँग मल खरिद गर्ने

काठमाडौं,भदौ १४ गते। बाँकी चार वर्षका लागि जी टु जी प्रावधानअन्तर्गत भारतबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलई तोक्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहार कार्कीले भारतबाट मल खरिदका लागि बाँकी चार वर्षको अवधि पनि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको बताउनुभयो। […]


नागरिकता विधेयकको संवेदनशील विषय परिमार्जन गर्न सकिन्छ : गृहमन्त्री खाण

काठमाडौं, भदौ १३ गते । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फर्काइएको नागरिकता विधेयकको महत्वपूर्ण र संवेदनशील विषयमा परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको छलफलमा आज सोमबार भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । गृहमन्त्री खाणले राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता आएको सो विधेयकमा केही संवेदनशील र […]


टी–२० विश्वकप ट्रफी नेपालमा : मंगलबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिने

काठमाडौं, भदौ १३ गते । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टुर’ गराएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलनगरी विश्वकप ट्रफी नेपाल आइपुगेको र मंगलबार प्रदर्शनी गरिने जनाएको छ । […]


डडेलधुरामा ट्रायल सेन्टरको उद्घाटन

पुष्कर भण्डारी / डडेल्धुरा, भदौ ११ गते। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालयको विस्तार हुँदा त्यहाँ हुने गडबडी रोकिने बताउनुभएको छ। शनिबार डडेलधुरामा सवारी चालक अनुमतिपत्र (लाइलेन्स) को ट्रायल सेन्टरको उद्घाटन गर्दै उहाँले एकै ठाउँमा मात्रै कार्यालय हुँदा गडबडी हुने उल्लेख गर्नुभयो। यातायात व्यवस्था कार्यालय स्थापना भएको नौ वर्षपछि डडेलधुरामा चालक अनुमति पत्र वितरणका लागि […]


मुगुका किसानलाई स्याउ टिप्न चटारो

गमगढी, भदौ ११ गते । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter