समाचार

मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगर सुरुङ्गा

ललिता साह / सप्तरी, मङ्सिर १४ गते । सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरको रूपमा घोषित गरिएको छ । सप्तरी क्षेत्र ४ बाट नवनिर्वाचित तेजुलाल चौधरीले सो घोषणा गर्नुभएको हो । सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुङ्गा नगरपालिका कार्यालयले बुधवार आयोजना गरेको एक समारोहबीच नगरलाई पूर्ण रूपमा बालविवाह मुक्त नगर […]


कोरिया रोजगारीका लागि आवेदन माग

काठमाडौँ, मङ्सिर १३ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग […]


समानुपातिक मतगणना : एमालेले २६ लाख कटायो, कांग्रेसको २५ लाख मत

काठमाडौं, मङ्सिर १३ गते। समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २६ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार साँझसम्मको गणनामा एमालेले २६ लाख ५१ हजार ६७२ मत पाएको हो। नेपाली कांग्रेसले २५ लाख सात हजार १४ मत पाएर समानुपातिकतर्फ दोस्रो दल बनेको छ। नेकपा (माओवादी केन्द्र) ११ लाख ३१ हजार ९८३ मत पाएको छ। तेस्रो नम्बरमा […]


समानुपातिकमा एमाले एक लाख ३४ हजार मतान्तरसहित अग्रस्थानमा

काठमाडौं, मङ्सिर १२ गते । समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको तीन बजेसम्मकाे तथ्याङ्कअनुसार ९३ लाख १७ हजार ८१२ मतगणना गर्दा एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ भने सोही समयमा नेपाली कांग्रेसको २४ लाख ७५६ प्राप्त गरेको छ । एमालेले एक लाख ३४ […]


अनौपचारिक र वैदेशिक रोजगार समावेश

काठमाडौँ, मङ्सिर १२ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजना अबदेखि अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि समावेश गरिने भएको छ । सरकारले सामाजिक सुरक्षा कोषमार्फत चार वर्षदेखि औपचारिक क्षेत्रका श्रमिकलाई उक्त योजनामा समेट्दै आएकामा अबदेखि अनौपचारिक (स्वरोजगार क्षेत्र) र वैदेशिक रोजगारमा गएका श्रमिकलाई पनि समेट्ने घोषणा गरिने भएको हो । पाँचौँ सामाजिक […]


भटमास खेतीबाट मनग्य आम्दानी

राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर, मङ्सिर ११ गते । दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनुभएको छ । गत वर्ष उहाँले दुई बिघा जग्गामा भटमास खेती गर्दा करिब रु. डेढ लाख आम्दानी गर्नुभयो । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु. तीन लाख ५० हजार आम्दानी […]


विराटनगर आईसीपी : थप पूर्वाधार निर्माणको प्रक्रिया सुरु

नवराज कट्टेल / विराटनगर, मङ्सिर ११ गते । विराटनगर–१८, बुधनगरमा निर्माण गरिएको कस्टम यार्ड विस्तार प्रक्रिया अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँचमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेनर र रेल यार्डका लागि ७० करोड […]


कोषले आइतबार थप दुई कार्यालय सञ्चालन गर्ने

काठमाडौँ, मङ्सिर १० गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आइतबारदेखि थप तीनवटा कार्यालयबाट सेवा सुरु गर्ने भएको छ। कोषले पाँचौँ सामाजिक सुरक्षा कोषको स्थापना दिवसका अवसरमा आइतबारदेखि पोखरा, बुटवल र नेपालगञ्जमा पनि कार्यालय सञ्चालन गर्ने भएको हो। यीसहित काठमाडौँबाहिर कोषका पाँच कार्यालय हुनेछन्। गएको भदौ ८ गतेदेखि सिमरा र विराटनगर शाखा कार्यालय सञ्चालन गरिएको […]


पूर्ण स्तनपान गराउनेको सङख्या १० प्रतिशतले घट्यो

काठमाडौं, मङ्सिर ९ गते । नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको सङ्ख्या १० प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले घट्एको देखाएको हो । सन् २०२२ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा ५६ प्रतिशत आमाहरुले मात्रै शिशु जन्मिएको ५ […]


निर्यात घटेका बेला विद्युतले जगाएको आशा

गोपालचन्द्र सुवेदी / काठमाडौँ, मङ्सिर ९ गते । नेपालको साँघुरिँदो निर्यात व्यापारको तस्बिरमा विद्युत निर्यातको आँकडालाई समावेश गर्दा निर्यातको तस्बिर केही फरक पर्ने देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको विवरणले ५४ अर्ब ७७ करोड रुपियाँ बराबरको निर्यात भएको देखाउँछ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशतले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter