
मनाङ, साउन २९ गते। बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ। प्राङ्गारिक खाद्यपदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ। बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन्। सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै […]

काठमाडौं, साउन २९ गते। सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो कार्यक्रम गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँले मूलतः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीका लागि कांग्रेसका […]

काठमाडौं, साउन २८ गते। नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको बैठकले आगामी मङ्सिर ४ गते आइतबार सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचनमा भाग […]

काठमाडौं, साउन २८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभएको हो । इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार […]

काठमाडौं, साउन २७ गते । महिला नेत्रीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई दबाब दिएका छन् । राजनीतिक दलहरुले महिलालाई उम्मेदवारै कम बनाउने र बनाए पनि हार्ने निश्चित भएका ठाउँमा उम्मेदवार बनाउने गरेका कारण प्रत्यक्षतर्फको निर्वाचनमा थोरै मात्र महिला नेत्री निर्वाचित हुने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा […]

काठमाडौं, साउन २७ गते । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरी कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो । विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले […]

काठमाडौं, साउन २६ गते। आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताउनुभएको हो। उहाँले म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने […]

रुपन्देही, साउन २६ गते । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ । बुटवल –१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको […]

काठमाडौं, साउन २५ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिउँसो पत्रकार सम्मेलमा अध्यक्ष दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली, पर्यटन, शिक्षा र भौतिक पूर्बाधार […]

काठमाडौं, साउन २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो । कृषिको उपज बढाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, […]