
काठमाडौं, वैशाख ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एइहानोम गेब्रेयससले भेटर्वार्ता गर्नुभएको छ । तीन दिने नेपाल भ्रमणको क्रममा उहाँ बिहीबार काठमाडौं आइपुग्नुभएको हो । उहाँले बिहीबार नै स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गर्नुभएको हो । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक […]

काठमाडौं, वैशाख ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य, शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई बिहीबार भिडियो सन्देशमार्फत सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षासँगै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस सन्दर्भमा कोभिड–१९ महामारीबाट सिकेका महत्वपूर्ण पाठहरू […]

काठमाडौं, वैशाख ७ गते । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको १३ औं संस्करण महोत्सव ‘फिल्म साउथ एसिया-२०२२’ बिहीबारबाट ललितपुरको यल माया केन्द्रमा सुरु हुने भएको छ । महोत्सवमा आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने तयारीमा रहेको छ । चारदिनसम्म चल्ने फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, […]

लक्ष्मी सापकोटा / काठमाडौँ, वैशाख ७ गते । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुुँ) आयात भएको हो । पाँच वर्षको […]

काठमाडौं, वैशाख ६ गते। सर्वोच्च आदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा आल्पकालीन अन्तरिम आदेश दिएको हो। उक्त रिटमाथि न्यायाधीश फुयालले छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत दिनुभएको छ। २०७८ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ […]

काठमाडौं, वैशाख ६ गते। स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले २०७८ चैत ७ गते दायर गर्नुभएको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो। जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने निर्वाचन अयोगको निर्णयविरुद्ध शेर्पाले सर्वोच्चमा रिट निवेदन […]

काठमाडौं, वैशाख ५ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयनको अवस्थाबारे विचारविमर्श भएको थियो। सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा […]

रमेश विश्वकर्मा / गुल्मी, बैशाख ५ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको निर्माण काम अन्तिम चरणमा पुगेको आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिनुभयो । २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले उक्त विमानस्थलको शिलान्यास गर्नुभएको इन्जिनियर परियारले […]

विष्णु पाण्डेय / काठमाडौं, वैशाख ४ गते । पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न उक्त प्रस्ताव गरिएको हो । नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन […]

काठमाडौं, वैशाख ४ गते। नेपाल राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ। बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै उक्त निर्णय खारेजीको माग रिट निवेदनमा गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट […]