
काठमाडौँ, साउन १९ गते । आर्थिक वृद्धिको मुख्य आधार रहेको कृषिका लागि न छुट्टै ऐन छ, न राष्ट्रिय कृषि नीति नै । कृषिसम्बन्धी क्रियाकलाप बिनाऐन र नीतिबाट नै सञ्चालन भइरहेका छन् । हालसम्म कृषि गतिविधि निर्देशिका, नियमावली, कार्यविधिबाट नै सञ्चालन भइरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ऐन र नीति बनाउन पहल नगरेको पनि […]

काठमाडौं, साउन १८ गते। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक […]

काठमाडौं,साउन १८ गते। नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य […]

काठमाडौं, साउन १८ गते । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी बुधबार बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे […]

तिलाचन पाण्डे / तम्घास, साउन १७ गते । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरेको छ । गाउँपालिकाभित्र बाँझो जग्गा नराख्ने नीति लिएपछि उक्त बाँझो जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति […]

विष्णु पाण्डेय / काठमाडौं, साउन १७ गते । भारत सरकारसँग सरकारी स्तर (जीटूजी) सम्झौता भए पनि उचित मूल्य तय भएमात्रै नेपालले रासायनिक मल खरिद गर्ने भएको छ । उचित मूल्य तय नहुँदा कहिलेबाट रासायनिक मल ल्याउने भन्ने विषय अन्योलमै रहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले सो जानकारी दिनुभयो । प्रवक्ता […]

काठमाडौं, साउन १६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले मानव बेचबिखन तथा […]

काठमाडौं, साउन १६ गते । संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत सङ्कलन गर्न निर्देशन दिएको छ । सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा श्रम मन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा […]

काठमाडौं, साउन १५ गते। जनार्दन शर्माले राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो। नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण गर्ने आवश्यकता रहेको […]

काठमाडौं, साउन १५ गते । निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने स्मरण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्नुहुँदै सो स्मरण गराउनुभएको हो । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको […]