
अविनाश चौधरी / धनगढी, साउन २४ गते । ‘ग्रीन क्लिन धनगढी’ अभियान सञ्चालन हुँदै आएको धनगढीको सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ । धनगढी बजारसँग जोडिएको वडा नम्बर ७ स्थित देवहरिया र मनहेरा सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । बजारका फोहोर जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ । तीन […]

भक्तपुर, साउन २३ गते । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले सोमबार भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताउनुभएको हो । यस वर्ष नेपालमा […]

काठमाडौं, साउन २३ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताउनु भएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपालको सबैभन्दा ठूलो समुदाय आदिवासी, जनजातिको सर्वाङ्गीण विकास गरेर मात्रै नेपालको समृद्धिको सपना यथार्थमा परिणत हुने भएकाले यस कुरालाई आत्मसात गरी काम गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।’’ […]

सन्तोष राउत / सोलुखुम्बु, साउन २३ गते । जब वर्षायाम शुरु हुन्छ, तब सोलुखुम्बुका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गजबको आम्दानीको स्रोत बनेको छ, कतिपयको स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट सोलुखुम्बुका विभिन्न क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । जङ्गली च्याउ खाँदा विभिन्न […]

काठमाडौं, साउन २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनु भएको हो । […]

जयमान बुढामगर / रुकुमपूर्व, साउन २२ गते । भूमे गाउँपालिका–१, लुकुममा रेन्बो ट्राउट माछा हुर्किंदै छन् । पहिलो पटकका रेन्बो ट्राउट माछा सबै मरे भने हाल दोस्रो पटकका माछा भने हुर्किरहेका छन् । सिद्धचौर माध्यमिक विद्यालय लुकुमका प्राध्यानाध्यपकसमेत रहनुभएका लुकुमका रामबहादुर पुनमगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको छ । माछापालनका लागि आवश्यक […]

काठमाडौँ, साउन २१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ । बाल लेखिका गीत पछाईद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै […]

काठमाडौं, साउन २१ गते । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको […]

काठमाडौं, साउन २० गते । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्री खड्काको भ्रमण तालिका साउन २४ देखि २६ गतेसम्म रहने उल्लेख छ । भ्रमण तालिकाअनुसार साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । […]

ललित बसेल / सुर्खेत, साउन २० गते । सुर्खेत र अछाममा निर्माण हुने बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई प्रभावित क्षेत्रमा रायसुझाव लिने काम भइरहेको छ भने मुआब्जा वितरणको काम सकिने लागेको छ । आयोजनाको पूर्वाधार निर्माणभन्दा अगाडिको प्रारम्भिक आधारभूत संरचना निर्माणको काम पनि […]