
काठमाडौँ, १९ वैशाख । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको प्रणालीमा […]

काठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतपत्र ढुवानी धमाधम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको छ भने अब १७ जिल्लामा मात्र ढुवानी गर्न बाँकी छ । सिन्धुली, रामेछाप र दोलखाका लागि सामग्री लोड भइसकेकाले १९ गते बिहान ढुवानी हुने आयोगका उपसचिव कमल […]

काठमाडौँ, वैशाख १८ गते । नेपाल जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा पाहुना टोली जिम्बावेसँग ६ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो । जिम्बावेका लागि टाडी वानासा मारुमानीले […]

दार्चुला, वैशाख १७ गते। हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ। अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा संकलनका लागि अनिवार्य अनुमति लिन सार्वजनिक सूचना जारी गरेको कार्यालय प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो। दार्चुलामा हिमाली क्षेत्रका नागरिक वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा गएर वर्षौदेखि यार्सागुम्बा सङ्कलन गर्दै […]

काठमाडौँ, वैशाख १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित पर्यटन पुनरुत्थान प्राविधिक समितिले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई बुझाएको छ। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहमा प्रतिवेदन बुझाउँदै समितिका संयोजक राजाराम गिरीले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा पुगेको […]

काठमाडौं, वैशाख १६ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाई सम्पन्न भएको छ । निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार शुक्रबारसम्म सो संख्यामा मतपत्र छपाई सम्पन्न भएको हो । ७६ जिल्लाका लागि सो मतपत्र छपाई सम्पन्न भएको र बाँकी मतपत्र छपाईको काम जारी […]

काठमाडौं, वैशाख १५ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बडूले यस्तो बताउनुभएको हो। छलफलमा विभागीय सचिव, महाशाखाका प्रमुख र सहसचिवको उपस्थिति थियो। लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको मोडालिटी र सरकारले विलासी उपभोग्य सामानको आयातमा गरेको प्रतिबन्धको […]

काठमाडौं, वैशाख १५ गते । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाइ कार्य अब केही दिनमा सकिने आयोगको भनाइ छ । निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा […]

काठमाडौँ, वैशाख १४ गते । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो […]

काठमाडौं, वैशाख १४ गते। गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ। मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागिबाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो […]