समाचार

भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण आउने तय

नारद गौतम / काठमाडौं, वैशाख २९ गते। प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको भ्रमण कार्यतालिकामा सो कुरा उल्लेख छ। प्रधानमन्त्री मोदीे दिल्लीबाट सिधै नेपालको लुम्बिनीमा आउनुहुनेछ। बिहीबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदी औपचारिक भ्रमणका लागि सिधै लुम्बिनी आउनुहुने भ्रमण […]


जेठ २ गतेसम्म अदालत बन्द रहने

काठमाडौं, वैशाख २९ गते। स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ। सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परेपछि चार दिन अदालत बन्द रहने उल्लेख छ। […]


भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, वैशाख २८ गते। गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना […]


जनस्वास्थ्य विदकाे सुझाव – मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गरौँ

सिर्जना खत्री / काठमाडौं, वैशाख २८ गते। शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ। भोट हाल्न उपत्यकासहित देशका विभिन्न सहरबाट गाउँघर फर्किनेको संख्या बढ्दै गएको छ। रोजगारीको लागि विभिन्न देशमा पुगेका र विभिन्न सहरमा बसोबास गर्दै आएका मतदाता घर फर्किदा गाउँघरमा भीडभाड बढ्न थालेको छ। छिमेकी राष्ट्र भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण बढ्दै गएको […]


व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

काठमाडौं, वैशाख २७ गते । वैदेशिक रोजगार कार्यालय काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आउँदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख […]


बुटवल बधशाला गाउँ–सहर जोडी आर्थिक विकासको नमूना बन्दै

लुम्बिनी, वैशाख २७ गते । बुटवलमा निर्माणाधीन बुटवल बधशाला दिगो सञ्चालनका लागि साझेदारीको नमूना प्रभावकारी भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको बधशाला सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यको नमुनाका रूपमा सञ्चालन गरिने छ । बुटवल बधशालालाई यस क्षेत्रका ठूला बजारसँंग ग्रामीण क्षेत्रलाई प्रत्यक्ष रूपमा जोड्ने नमुना परियोजनाका रूपमा लिइएको छ । गाउँ र सहरलाई जोड्न पशुपालक किसानको […]


कृषिमा नयाँ प्रविधि प्रयोगमा जोड

काठमाडौँ, वैशाख २६ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिका लागि प्रविधि अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को ३१औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले कुन ठाउँमा के उत्पादन हुन्छ, सोहीअनुसारको बाली विकास गर्न सुझाव दिनुभयो । नार्कअन्तर्गतका कृषि […]


अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन बन्द हुने

काठमाडौं, वैशाख २६ गते । मतदानका दिन यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सो निर्णय गरिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले नियमित पत्रकार सम्मेलनमा सोमबार जानकारी गराउनुभएको हो । अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी […]


रोजगारीका लागि आउने विदेशी बढे

सीता शर्मा / काठमाडौँ, वैशाख २५ गते । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । […]


परीक्षणमा विद्युतीय बस

काठमाडौँ, वैशाख २५ गते । साझा यातायातले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको छ । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस ल्याइने साझा यातायातले जनाएको छ । परीक्षणपछि यी बस काठमाडौँमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ । बसको दर्ता, रुट परमिट, बीमा, चालकलाई तालिमलगायतका प्राविधिक काम सम्पन्न भएपछि परीक्षण […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter