
काठमाडौँ, भदौ १३ गते । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो । मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो […]

योङ कम्युनिस्ट लिग नेपालले शनिबार भर्चुअल रूपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले युवालाई सङ्गठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गर्नुभएको हो । उत्पादन अभियानमा युवा दिलोज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान सम्भव नभएको भन्दै उहाँले देशका १५ लाख युवालाई उत्पादन र रोजगारीमा लगाउने गरी सङ्गठित गर्नुपर्नेमा जोड दिनुभयो […]

काठमाडौं, भदौ १३ गते । पछिल्लो २४ घण्टामा एक हजार २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५९ हजार २२२ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २६० […]

काठमाडौँ, भदौ १२ गते । नेपालले मध्यपूर्वी एशियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवर्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो […]

काठमाडौं, भदौ १२ गते । पछिल्लो २४ घण्टामा एक हजार ५१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ४०९ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै तीन हजार ७६७ जनामा गरिएको एन्टीजेन परीक्षमा ३४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो […]
काठमाडौँ, भदौ ११ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसका मातहतका निकायहरूको वित्तीय र भौतिक लक्ष्यलाई अझै बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज मन्त्रालय बसेको बैठकमा मातहतका अधिकांश निकायका प्रगति विवरण सन्तोषजनक रहेको भए पनि आगामी दिनमा वित्तीय र भौतिक […]

काठमाडौं, भदौ ११ गते । मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५६ हजार ४९२ पुगेको छ । हालसम्म ३८ […]

शेरबहादुर सिंह / महेन्द्रनगर, भदौ १० गते । कोरोना महामारीको पहिलो लहरदेखि सुनसान रहेका कञ्चनपुरका पर्यटकीय गन्तव्य अझै लयमा फर्किन सकेका छैनन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइए पनि कोरोनाका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकले पाइला नटेकेको महिनांै बितिसक्यो । विश्वमै दुर्लभ बाह्रसिङगेको झुण्ठ, १६ पाटे बाघ, […]

काठमाडौं, भदौ १० गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ५२ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा नौ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५४ हजार ९१५ पुगेका छन् । हालसम्म ३८ […]

शरद शर्मा / काठमाडौँ, भदौ ९ गते । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि […]