समाचार

पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

काठमाडौँ, जेठ २८ गते । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्ने तयारी भएकामा निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको अवधीमा […]


नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, जेठ २७ गते । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश गरेको हो ।आदेशमा विवादित अध्यादेश पछि सङ्घीय संसदबाट पारित हुन नसकेको स्थितिमा सो आदेश बमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता हुने […]


दुई हजार ८७४ थपिए, पाँच हजार २९३ कोरोनामुक्त, ५९ को मृत्यु

काठमाडौं, जेठ २७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ८७४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा पीसीआर परीक्षणबाट सङ्क्रमणको पुष्टि भएका कोरोनाका कुल सङ्क्रमित छ लाख एक हजार ६८७ […]


बङ्गलादेशबाट आइपुग्याे ३२ हजार पाँच सय मेट्रिकटन मल

वीरगञ्ज, जेठ २६ गते । बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । […]


तीन हजार ४४९ थपिए, पाँच हजार ७६८ कोरोनामुक्त, ८१ को मृत्यु

काठमाडौं, जेठ २६ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ६५२ पुगेको […]


तीन हजार ८७० थपिए, छ हजार ५७० कोरोनामुक्त, १०८ को मृत्यु

काठमाडौं, जेठ २५ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ८७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ६५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ९५ हजार ३६४ पुगेको छ । सोही अबधिमा पाँच हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा एक […]


अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो अनुरोध

काठमाडौँ, जेठ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनुहुन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई […]


१६ करोडको राजस्व छलीमा दश विरुद्ध मुद्दा

काठमाडौँ, जेठ २४ गते । राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले […]


नयाँ शैक्षिक सत्र असार १ बाटै

काठमाडौँ, जेठ २४ गते । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ । […]


तीन हजार २४ थपिए, छ हजार ६३६ कोरोनामुक्त, ९९ को मृत्यु

काठमाडौं, जेठ २३ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार ४७१ नमुनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण सार्वजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघेको छ । पछिल्लो १५ दिनमा […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter