समाचार

छ हजार ७३१ थपिए, सात हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

काठमाडौं, जेठ १३ गते । नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ । हाल एक लाख १६ हजार ४७६ जना सक्रिय सङ्क्रमित छन् […]


चीनद्वारा थप १० लाख डाेज खोप उपलब्ध गराउने घोषणा

काठमाडौं, जेठ १२ गते । चीन सरकारले नेपाललाई थप १० लाख डोज कोभिड १९ खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि ८ लाख डोज खोप उपलब्ध गराएको चीनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चीन फिङबीच भएको टेलिफोन संवादपछि चीनले सो सहयोग घोषणा गरेको हो । नेपालका लागि चीनका राजदूत हाउ […]


छ हजार ६७७ थपिए, छ हजार ७१६ कोरोनामुक्त, १४५ को मृत्यु

काठमाडौं, जेठ १२ गते । नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । […]


कृषि शिक्षकको उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरी

टिस्टुङ, जेठ ११ गते । जनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ तर खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका कृषि विषयका शिक्षक निश्चल शाक्य दैनिक आफ्नो उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरीमा भेटिनुहुन्छ । नर्सरीमा अहिले काउली, बन्दा, खुर्सानी, गोलभेँडालगायतका तरकारीका बेर्ना हुर्किरहेका छन् […]


आठ हजार ३८७ थपिए, छ हजार ४०४ कोरोनामुक्त, १६९ को मृत्यु

काठमाडौं, जेठ ११ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख २८ हजार ८४८ पुगेको जनाएको छ । पछिल्लो […]


सात हजार २२० थपिए, सात हजार १३५ कोरोनामुक्त, १८५ को मृत्यु

काठमाडौं, जेठ १० गते । नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ८४६ नमुनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक लाख १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात हजार […]


खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध

काठमाडौँ, जेठ १० गते । सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गर्नुभएको हो । मन्त्रीद्वयबीच आज भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । […]


सात हजार ५९८ थपिए, सात हजार ६६४ कोरोनामुक्त, १९३ को मृत्यु

काठमाडौं, जेठ ९ गते । नेपालमा कोरोनाभाइरसका सात हजार ५९८ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख १३ हजार २४१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा १८ हजार ९६५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको […]


विपक्षी गठबन्धनले भोलि बिहान १० बजे सर्वोच्चमा रिट दायर गर्ने

काठमाडौं, जेठ ९ गते । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भोलि जेठ १० गते सरकारका कदमविरुद्ध संकलन गरिएको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिनुभएको छ । आज सबै सांसदहरुको हस्ताक्षर भयो, भोलl बिहान १० बजे सर्वोच्च जान्छौं, नेता पुनले बताउनुभयो । यसैगरि, विपक्षी गठबन्धनका नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले बानेश्वरस्थितको संसद हलमा […]


सङ्क्रमित पाँच लाख नाघ्यो, आठ हजार ८४८ कोरोनामुक्त, १२९ को मृत्यु

काठमाडौं, जेठ ८ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको जनाएको छ । हालसम्म पाँच लाख […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter