
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडादसैँ सुरु हुन्छ । बिहान ०९ः१६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व […]

काठमाडौँ, असोज १७ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ। बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपदमा घाइते भएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो। उहाँले उपचार आवश्यक भएका सबै नागरिकलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउनुभयो। मन्त्री पौडेलले सरकारी अस्पतालमा विपदमा […]

काठमाडौँ, असोज १६ गते। संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते […]

काठमाडौँ, असोज १६ गते। नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म चल्ने भएका हुन् । प्राधिकरणले आवश्यकताअनुसार समय थप हुन सक्ने पनि जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, […]

हरिकृष्ण ऐडी / मुगु, असोज १४ गते । झिसमिसेमै उठ्यो, पिठ्युँमा स्याउको डोको, पटुकामा सुक्का रोटी बोकेर छायाँनाथ रारा नगरपालिका वडा नं १० घट् लेख गाउँकी सरिता सेजुवाल सदरमुकाम गमगढी बजारमा बारीको स्याउ बिक्री गर्नलाई दैनिक सदरमुकाम गमगढी बजारमा ओर्लिन्छिन् । दिनभर स्याउ बेचेर कमाएको पैसाले दैनिक उपभोग्य वस्तु किनेर साँझ घर फर्किछन् । छायाँनाथ रारा […]

काठमाडौँ, असोज १५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न ६ वटा सैद्धान्तिक आधारहरू तय गरेको छ । शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सो भन्दा मुनीका कर्मचारीको पदस्थापन तथा सरुवा एवम् काज खटाउने सम्बन्धी आधार तय गरेकी हुन् । […]

काठमाडौँ, असोज १४ गते । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ […]

काठमाडौँ, असोज १४ गते । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ । गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको […]

काठमाडौँ, असोज १३ गते। विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्। विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो। सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय […]

केशब राज पौडेल / काठमाडौँ, असोज ९ गते । गाउँठाउँमा प्रशस्त पाइने नाइट्रोजनको स्रोत एक विशेष प्रकारको लेउ जस्तै देखिने एजोला प्रयोग विधिबारे ज्ञान नहुँदा नेपाली किसानले वार्षिक करोडौँ रुपियाँ नोक्सानी बेहोरिरहेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले एजोलालाई कृषकको साथी भनेर प्रमाणित गरिसके पनि यसको महत्वबारे किसान सुसूचित नहुँदा प्रयोग आम्दानीको राम्रो […]