
भविन कार्की / किमाथाङका, साउन १७ गते । सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ […]

काठमाडौँ, साउन १७ गते । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दुईवटा छुट्टाछुुट्टै बधाई सन्देश पठाएर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथै उहाँहरूमार्फत […]

मकवानपुर, साउन १६ गते । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । आयोजना प्रथमका अनुसार केही दिनदेखि […]

काठमाडौँ, साउन १६ गते । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको […]

काठमाडौं, साउन १५ गते । गृहमन्त्रालयले आजैदेखि लागु हुने गरी साँझ ७.०० बजेदेखि विहान ७.०० सम्म काठमाडौमा उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरुको स्वाब परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पाइएकाले सो रोक लगाइएको जनाएको छ । रातको […]

सोलुखुम्बु, साउन १५ गते । गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६/७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार […]

ललितपुर, साउन १४ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नास्टले उक्त प्रविधि निर्माण गरेको हो । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने मूल नारालाई अघि […]

काठमाडौँ, साउन १४ गते । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कार्य सम्पादनलाई आधार बनाएर चौमासिक लक्ष्यअनुसार काम गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयमा मङ्गलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा एवं कार्य सम्पादन सम्झौता कार्यक्रममा यस्तो निर्देशन दिनुभएको हो । प्रवक्ता डा. खतिवडाले ‘पछि गरौँला’ भन्ने बानीले समेत […]

ललितपुर, साउन १३ गते । ललितपुर महानगरपालिकाका मुख्य सडकहरूमा स्मार्ट बत्ती जडान थालिएको छ । महानगरपालिकाको स्थानीय गौरवको यो आयोजनाको प्रमुख चिरीबाबु महर्जनले मङ्गलबार कुपण्डोलस्थित नबिल बैङ्कअगाडि बत्तीको पोल राख्दै बत्ती जडान उद्घाटन गर्नुभयो । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा स्मार्ट बत्ती जडान गर्न लागेको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान […]

लक्ष्मण दर्नाल / काठमाडौँ, साउन १३ गते । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, […]