समाचार

दोस्रो विश्व ज्ञान सम्मेलन : कोरोना, विकास र समृद्धिबारे छलफल हुने

सुरज भण्डारी / टेक्सस, साउन १२ गते । नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ(एनआएनए)ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण वर्तमान अवस्थामा विश्वमा उत्पन्न जटिल परिस्थिति आगामी दिनमा कस्तो रहन्छ भन्ने पक्षलाई मध्यनजर गरी भौतिकरूपमा वा अनलाइनमार्फत सम्मेलन आयोजना गरिने […]


तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य

काठमाडौँ, साउन १२ गते । सरकारले हाउस वाइरिङ तार, ग्यास सिलिन्डरमा जोडिने पाइप, जस्तापाताले अबदेखि अनिवार्य रूपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने भएको छ । यी वस्तुले आम नागरिकको जीउ ज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा गुणस्तरमा समस्या नहोस् भन्नका लागि सरकारले एनएस चिह्न अनिवार्य गरेको हो । गत साताको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो […]


पूर्ण इजलासले भन्याे, अघिल्लाे आदेश नजीर प्रतिकुल देखियो

नारायण काफ्ले / काठमाडौँ, साउन ११ गते । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय घटाउने फैसलालाई पुनरावलोकन अनुमति दिएको छ । सरकारका तर्फबाट पेस भएको निवेदनमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन अनुमति दिएको हो । पूर्ण इजलासले यसअघि प्रधानन्यायाधीश समेको संयुक्त इजलासको आदेश प्रतिपादित नजीर […]


सञ्चालनको तयारीमा सौराहाका होटल

भरतपुर, साउन ११ गते । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली […]


अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

शरद शर्मा / काठमाडौँ, साउन ९ गते । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले […]


उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण

काठमाडौँ, साउन ९ गते । वर्षासँगै काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण […]


वायुसेवा कम्पनीले भदाै १ गतेबाट सहज रूपमा जहाज उडाउने

सिबी अधिकारी / काठमाडौँ, साउन ८ गते । सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् । कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन् । निजी क्षेत्रका अग्रणी […]


वर्षाका कारण सातवटा राष्ट्रिय राजमार्गमा क्षति, चार राजमार्ग ठप्प

सञ्चिता घिमिरे / काठमाडौँ, साउन ८ गते । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन । देशव्यापीरूपमा तीन दिनदेखि […]


नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस देशभर मनाइए; मार्क्सवादको जग बसाउने नेता

काठमाडौँ, साउन ७ गते । माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विश्लेषण गर्दै गणतन्त्रको आधार तयार गर्ने नेपाल कम्युनिष्ट पार्टीको संस्थापम महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस देशभर मनाइएको छ । संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलालको जन्मस्थल रामेछापडाँडाको भँगेरीमा समेत पुष्पलालको स्मरण गरिएको छ । त्यस्तै, कीर्तिपुरको चम्पादेवीमा रहेको शालिकमा माल्यार्पणसहित नेपालको […]


घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी

गण्डकी, साउन ६ गते । कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter