
काठमाडौँ, साउन २२ गते । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्याङ्कमा सुलभ पहुँच हुने विभागले जनाएको […]

लक्ष्मण दर्नाल / काठमाडौँ, साउन २१ गते । खानेपानी मन्त्रालयको वार्षिक भौतिक प्रगति ८० प्रतिशत भएको छ । मन्त्रालय मातहतका निकायको आर्थिक वर्ष ०७६÷७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा ८० प्रतिशत प्रगति भएको बताइएको हो । मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई एक लाख […]

काठमाडौँ, साउन २१ गते । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच कडा बनाइएकाे छ । लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पासजाँचमा पनि कडाइ गरेको हो । उपत्यका प्रवेश पास नभएका सवारीसाधनलाई प्रहरीले नाकाबाटै फिर्ता […]

बेलिना थापा / लमजुङ, साउन २० गते । कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ । लमजुङको क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँमा भदौ १ बाट पर्यटक प्रवेशमा खुला गरिएको हो । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष एवं क्व्हाँेलासोंथर गाउँपालिका अध्यक्ष […]

लक्की चौधरी / काठमाडौँ, साउन २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । अहिलेको कोरोना संकट सल्टाउन सबैको भूमिका अनिवार्य रहने भएपनि सरकारको […]

काठमाडौं, साउन १९ गते । काठमाडौं महानगरपालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरूले अब महानगरमा पनि दर्ता, नवीकरण, स्तरोन्नति र अनुमति लिनुपर्ने भएको छ । महानगरले ‘स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७’ पारित गरी लागू गरेको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्ने प्रक्रियालाई सरल, सहज, व्यवस्थित […]

सिबी अधिकारी / काठमाडौँ, साउन १९ गते । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन् । नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान […]

काठमाडौँ, साउन १९ गते । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा “तेजाब आक्रमण, पीडितको अवस्था र चाल्नुपर्ने कदम” विषयमा भएको छलफलपछि समितिले पीडितलाई उजूरी दिन उप्रेरित गर्न तथा त्यस्ता उजूरीप्रति संवेदनशील भई तुरुन्तै […]

चाँदनी हमाल / काठमाडौँ, साउन १८ गते । अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ । जसका कारण पनि उच्च मनसुनी वर्षा कम हुनेछ । तर मनसुनको समय यथावत नै रहेकाले स्थानीय […]

लमजुङ, साउन १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृत अध्ययन गरी स्थानीय सरोकारवालासमेतको राय सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा मन्त्रालयका सहसचिव […]