
काठमाडौं, साउन ५ गते । मन्त्रिपरिषदको बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने […]

काठमाडौँ, साउन ४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उहाँले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गर्नुभयो । एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र […]

केशवराज पौडेल / काठमाडौँ, साउन ४ गते । मौद्रिक नीतिमा व्यवसायी कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा जुटेका छन् । लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा लिएर जान थालेको र गाउँगाउँमा रहेका यातायात मजदुरहरूलाई शहरमा लिएर आउन थालेको व्यवसायीहरूले बताएका छन् । ‘हाम्रो माग राष्ट्र बैङ्कले […]

डिलबहादुर सिंह / डोटी, साउन ३ गते । डोटीको बोगटान फुड्सिल गाउँपालिकाको कार्यालयनजिकै पुरानो चौतारो भत्काएर नयाँ बनाउने काम हुँदै थियो । झट्ट हेर्दा चौतारो निर्माणका लागि प्रयोग भएका ढुङ्गा आधुनिक ढुङ्गा काट्ने मेसिनले काटेर मिलाएका जस्ता देखिन्थे । आधुनिक रुपमा सिमेन्ट प्रयोग बिना नै आकर्षक देखिएका ती ढुङ्गाहरू स्थानीय व्यक्तिले ‘छिना’ले काटेर मिलाएका हुन् […]

भरतपुर, साउन २ गते । हात्ती सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी– पिङ्की कली । सन् २०१४ कोे उपाधि चुमेकी उनी वर्षौंदेखि सौराहाको हात्ती सफारीकी सारथी पनि हुन् । तर साढे तीन महिना भयो– पिङ्कीले हात्तीसार छोड्न पाएकी छैनन् । कोभिड– १९ को महामारीले मानिस घरबाहिर निस्कन नसक्दा जङ्गल घुमाउने पिङ्कीको दैनिकी यतिखेर हात्तीसारको चौघेरामा कैद हुनपुगेको […]

काठमाडौँ, साउन २ गते । नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आफ्नो नियमित पत्रकार सम्मेलनमा हालसम्म ११ हजार ५३४ जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । पछिल्लो […]

काठमाडौँ, साउन २ गते । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा कोभिड–१९ को जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारलाई उचित […]

सिबी अधिकारी / काठमाडौँ, साउन १ गते । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ । केही चार्टर्ड उडानबाहेक अहिले विभिन्न वायुसेवा कम्पनीका ४५ […]

काठमाडौं, साउन १ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटना बरे छानविन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको जनाएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको समयोजकत्वमा गठित विज्ञहरु सहितको समितिले आजैबाट स्थलगत अध्ययन सुरु गरेको छ । सात दिन […]

मनाङ, असार ३१ गते । विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ । यसका […]