काठमाडौैँ, चैत १७ गते । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको […]
काठमाडौं, चैत १६ गते । चीनको गोन्जाओबाट साँढे १२ टन मेडिकल सामाग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री सहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री नेपाल ल्याइएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यांन्कीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट […]
काठमाडौँ, चैत १६ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिने क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको […]
काठमाडौं,चैत १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः पाचौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत शनिबार दिउँसो पाचौ संक्रमितको पुष्टि भएको जानकारी दिनुभयो । प्रवक्ता देवकोटाले गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आउनुभएकी १९ […]
नारायण अधिकारी / चितवन, चैत १५ गते । दरिलो इच्छाशक्ति भएपछि कामगर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले कोरोना अस्पताल नै निर्माण गरेर यस्तो उदाहरणीय बनेको हो । यहाँका महानगरबासी मात्र नभएर देशका झण्डै २१ जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा […]
लहान, चैत्र १५ गते । कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी […]
काठमाडौं, चैत्र १४ गते । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा […]
काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई आज साँझ डिस्चार्ज हुनु भएको छ । उहाँ पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी गराउनुभयो उहाँ बिहीबार राती ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना हुनु भएको थियो । करिब २० घण्टा अस्पतालमा […]
प्रकाश सिलवाल / काठमाडौँ, चैत १३ गते । लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएकाले विद्यार्थीलाई आफ्नो कक्षा र […]
काठमाडौँ, चैत १३ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माण लक्ष्यसहित कार्यलाई तीव्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार क्वारेन्टाइनका लागि ठाउँको पहिचान र व्यवस्थापन कार्य अगाडि बढाएको छ । क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक […]