
काठमाडौं, चैत १९ गते । सरकारले ओम्नी समूहसँग यस अघि गरेको चिकित्सा उपकरण खरिद सम्झौता रद्द गरेको छ । नेपालमा कोभिड १९ को संक्रमण देखिन शुरु भए पछि सरकारले शुरु गरेका लकडाउनसँगै सो समुहसँग ती उपकरण ल्याउन सम्झौता गरेको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा […]

सुरेन्द्र भण्डारी / सुरुङ्गा चैत १८ गते । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क बाढ्न थालेको हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका […]

काठमाडौँ, चैत १८ गते । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको […]

हेटौँडा, चैत १८ गते । कोरोना भाइरसका कारण राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य स्थागित भएको छ । जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र मकवानपुरमा फागुन महिनादेखि शुरु भएको औद्योगिक सर्वेक्षण काम प्रभावित भएको बताइएको छ । कार्यालय प्रमुख राजेश दासका अनुसार मकवानपुर र धादिङ जिल्लामा रहेको औद्योगिकको सर्वेक्षण यही फागुनबाट शुरु भई […]

सिबी अधिकारी / काठमाडौँ, चैत १७ गते । नेपाली समाजमा एक सुपरिचित उखान छ– ‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ । यतिखेर यस उखानलाई चरितार्थ गरिदिएको छ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले । विगतमा देश विपत्तिमा परेका बेलाजस्तै हालको ‘कोभिड १९’ महामारीमा पनि निगमकै जहाजले सेवा दिइरहेका छन् । त्यसो त राष्ट्रप्रमुख […]

काठमाडौैँ, चैत १७ गते । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको […]

काठमाडौं, चैत १६ गते । चीनको गोन्जाओबाट साँढे १२ टन मेडिकल सामाग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री सहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री नेपाल ल्याइएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यांन्कीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट […]

काठमाडौँ, चैत १६ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिने क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको […]

काठमाडौं,चैत १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः पाचौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत शनिबार दिउँसो पाचौ संक्रमितको पुष्टि भएको जानकारी दिनुभयो । प्रवक्ता देवकोटाले गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आउनुभएकी १९ […]

नारायण अधिकारी / चितवन, चैत १५ गते । दरिलो इच्छाशक्ति भएपछि कामगर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले कोरोना अस्पताल नै निर्माण गरेर यस्तो उदाहरणीय बनेको हो । यहाँका महानगरबासी मात्र नभएर देशका झण्डै २१ जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा […]