समाचार

ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने

काठमाडौँ, मङ्सिर २० गते । धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र […]


नेपालको ३२ स्वर्ण, आठौं सागको कीर्तिमान भङ्ग

काठमाडौं, मङ्सिर १९ गते । नेपालले दक्षिण एसियाली खेलकुद(साग) मा सर्वाधिक स्वर्णको इतिहास बनाएको छ । नेपालमा जारी सागको तेह्रौं दक्षिण एसियाली खेलकुद संस्करणमा आठौं सागमा सर्वाधिक स्वर्ण जितेको कीर्तिमान भङ्ग गरेको छ । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले बिहिबार ३२ औं स्वर्ण जितेको छ । घरेलु मैदानमै २० वर्ष अगाडि सम्पन्न आठौं सागमा […]


उपनिर्वाचनमा बदर मत घट्यो

काठमाडौं, मङ्सिर १९ गते । १४ मंसिरमा भएको उपनिर्वाचनमा सरदर १.४ प्रतिशत मत बदर भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतको निर्वाचनको तुलनामा बदर मतको संख्या निकै कम रहेको बताए । आयोगको तथ्याङ्कअनुसार कास्की–२ मा ६ सय बदर भएको छ । ४५ हजार ५ सय ४६ मत खसेकोमध्ये ४४ हजार ९ सय ४६ मत […]


स्वर्णको शतक

काठमाडौं, मङ्सिर १८ गते । नेपालले दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्णमा शतक पदक जितेको छ । नेपालका लागि तेक्वान्दोका सक्षम कार्कीले तेह्रौं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो विधा अन्तगर्त पुरुष ८७ किलो तौल समुहमा स्वर्ण पदक जित्नुभएको छ । जितसँगै नेपालले दक्षिण एसियाली खेलकुद इतिहासमा स्वर्ण पदकको संख्या एक सय पुर्याएको छ । सक्षमले तेह्रौं सागमा नेपाललाई […]


राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

काठमाडौँ, मङ्सिर १८ गते । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद […]


सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिन्छ : उपप्रम पोखरेल

मङ्गलबारे, मङ्सिर १८ गते । नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा आज आयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उहाँले देश पूर्णरूपमा सङ्घीयतामा आगाडि बढेको बताउनुभयो । स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने […]


दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा : मन्त्री भट्टराई

भद्रपुर, मङ्सिर १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पु¥याइने बताउनुभएको छ । चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने तयारीका लागि अहिले […]


सात जना जिल्ला न्यायाधीशमा नियुक्त

काठमाडौं, मङ्सिर १७ गते । न्याय परिषद्ले मंगलबार विभिन्न जिल्ला अदालतमा रिक्त रहेको ७ न्यायाधीश पदपूर्ति गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा अध्यक्ष रहेको परिषद्ले न्याय सेवामा कार्यरत ७ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा कार्यरत पाँच जना उपरजिस्ट्रार र अन्य उच्च अदालतमा कार्यरत दुई जना रजिस्ट्रारलाई न्यायाधीशमा […]


स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ – मन्त्री ढकाल

काठमाडौं, मङ्सिर १७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताउनुभएको हो । अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ […]


पेट्रोलियम पदार्थको मूल्य बढ्याे, ग्यासकाे भने यथावत

काठमाडौं, मङ्सिर १६ गते । सोमबार मध्य रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ मंसिरदेखि नयाँ मूल्य पठाएसँगै मूल्य समायोजन गरेको नेपाल आयल निमगले जनाएको छ । भारतबाट मूल्य बढेर आएकाले नेपाल आयल निगमले पनि पेट्रोल, डिजल र मट्टितेलमा साविकको मूल्यमा प्रति लिटर २ रूपैयाँ वृद्धि गरेको निगमका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter