समाचार

उपनिर्वाचन २०७६ : मतपत्र मतपेटिका केन्द्रमा

खाँदबारी, मङ्सिर ११ गते । सङ्खुवासभाको मकालु गाउँपालिकाका मतदान केन्द्रहरुमा मतपत्र र मतपेटिका पठाइसकिएको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिकरूपमा विकट गाउँमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो । भौगोलिकरूपमा विकट मानिएका मकालु गाउँपालिकाको पाँच मतदान केन्द्रमा मङ्गलबार र अन्य बाँकी मतदान केन्द्रमा आज बिहान […]


विश्व बैंकसँग १६ अर्ब ३७ करोड सहयोगसम्बन्धी सम्झौता

काठमाडौँ, मङ्सिर ११ गते । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न […]


बुधबारदेखि मेडिकल सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने

काठमाडौं, मंसिर १० । मेडिकल कलेजका सञ्चालकहरुले अतिरिक्त शूल्क फिर्ता गर्न नमानेपछि बुधबारदेखि विद्यार्थीसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही गर्ने निर्णय सरकारले गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सोमबार मेडिकल कलेज सञ्चालकलाई शुल्क फिर्ता गर्न २४ घन्टाको समय दिएको थियो । उनीहरुले नमानेपछि […]


सीमा रक्षाका लागि युवाले थाले हस्ताक्षर अभियान

काठमाडौं, मंसिर १० । सुदूरपश्चिमका युवाहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरबाट हस्ताक्षर अभियान सुरु गरेका छन् । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले मंगलबार हस्ताक्षर अभियान सुरु गरेको छ । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मुल नारा लिएर सेतो कपडामा हस्ताक्षर संकलन सुरु भएको हो । सीमा रक्षाका लागि युवा जागरण अभियान […]


बुद्ध एयरले विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखरा उडान भर्ने

विराटनगर, मङ्सिर ९ गते । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उहाँले परीक्षणस्वरुप सो […]


‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति दिन्छु : स्वास्थ्यमन्त्री

काठमाडौँ, मङ्सिर ९ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताउनुभएको छ । उहाँले भन्नुभयो, “पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति […]


गुल्मीमा पर्यटक आकर्षित गर्दै ‘ट्री हाउस’

गुल्मी, मड्सिर ७ गते । गुल्मीको रेसुंगा नगरपालिका– ७ उनायचौरमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । शनिबार उधोग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले ‘ट्री हाउस’को उद्घाटन गर्दै प्रदेश ५ कृषि पर्यटनबाट मात्रै समृद्ध बन्ने भएकाले आफु योजनाबद्ध रुपमा लागिपरेको बताए । उनायचौरको ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर […]


मङ्सिर १० गतेभित्र हतियार बुझाउन गृहमन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो । सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा […]


सहुलियपूर्ण कर्जा प्रवाह सरलीकृत बनाउन कार्यविधि संशोधन

काठमाडौं, मङ्सिर ६ गते । युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५’ संशोधन गरिएको छ ।राष्ट्रिय युवा परिषद्को आग्रहमा युवालाई कर्जा पाउन कठिनाइ भएको भन्दै सरकारले कार्यविधि दोस्रो पटक संशोशन गरेको हो । परिषदकाे समन्वयमा अर्थमन्त्रालयले कार्यविधि संशोधन गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । […]


उपनिर्वाचनमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

नारद गाैतम / काठमाडौं, मङ्सिर ६ गते । निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सुरक्षा निकायले तयार गरेको एकीकृत सुरक्षा योजनालाई शुक्रबार परिमार्जनसहित पारित गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको उच्चस्तरीय सुरक्षा समितिको तेस्रो बैठकले सुरक्षा निकायबाट प्रस्तुत गरिएको उपनिर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजनालाई परिमार्जनसहित पारित गरेको हो । प्रमुख निर्वाचन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter