समाचार

अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश, ‘म कुरा गर्न सक्ने र पत्रपत्रिका पढ्न सक्ने भएँ !’

काठमाडौं, मङ्सिर १६ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिन भिडियो सन्देश सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटमार्फत आफ्नो स्वास्थ्य बारे जानकारी गराएका हुन् । उनले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भईरहेको र उपचार प्रक्रिया राम्रो हुँदै गईरहेको बताएका छन् । २ मिनेट ६ सेकेण्ड लामो भिडियोमा उनले आफुँ […]


उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक; काश्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी

काठमाडौँ, मङ्सिर १५ गते । बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । कास्की जिल्ला […]


साइबर अपराध अहिलेको प्रमुख चुनौती – प्रहरी महानिरीक्षक

काठमाडौ, मंङ्सिर १५ गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउनुभएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उहाँले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराउनुभयो । “सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको […]


शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न ६५ प्रतिशत मतदान

काठमाडौं, मङ्सिर १४ गते । देशभरका आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । काश्कीका केही स्थानमा सामान्य घटना भए पनि निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको विभिन्न जिल्लाहरूबाट हाम्रा समाचारदाताहरूले जनाएका छन् । निर्वाचन आयोगका अधिकारीका अनुसार ६५.४३ प्रतिशतको बीचमा मतदान भएको निर्वाचन अायाेगल पत्रकार सम्मेलनमा जनाएकाे छ । आजै बेलुकाबाट मत गणना […]


पञ्चेश्वरको कामलाई तीव्रता दिने सहमति

गोपालचन्द्र सुवेदी / काठमाडौँ, मङ्सिर १४ गते । लामो समय सुस्त रहँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका कामलाई तीव्रता दिन नेपाल भारत सहमत भएका छन् । भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ काउन्सिलको साताँै बैठकमा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को समीक्षा गरी निर्णयमा पुग्न माघ १ गते नयाँ दिल्लीमै विज्ञ समूहको बैठक बस्ने सहमति जुटेको […]


टेनिस खेलाडिलाई पुरस्कार घोषणा

काठमाडौँ, मङ्सिर १४ गते । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करणमा सहभागी हुने नेपाली टेनिस खेलाडीलाई काठमाडौं जिल्ल टेनिस संघले नगद पुरस्कार घोषणा गरेको छ र खेलाडिलाई शुभकामना दिन आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रिय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कारको घोषणा गरेका हुन् । मुलले स्वर्णलाई ५० हजार, […]


सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ, मङ्सिर १३ गते । सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४÷७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र […]


राष्ट्रपतिबाट रामको जन्तीलाई स्वागत

जनकपुरधाम, मङ्सिर १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको भगवान् रामको जन्ती (प्रतीकात्मक) लाई आज जनकपुरधाममा स्वागत र सम्मान गर्नुभएको छ । सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाउनुभयो । […]


पेट्रोलियम पदार्थ खोजमा महत्वपूर्ण मानिने ‘साइस्मिक सर्वे’को काम तिब्र

दैलेख, मङ्सिर १२ गते । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि महत्वपूर्ण मानिने ‘साइस्मिक सर्वे’को काम तिब्र पारिएको छ । जिल्लाको विभिन्न स्थानमा यस सर्वेको काम तिब्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त टोलीले पेट्रोलियम अन्वेषणको काम अगाडि बढाउँदै आएका छ । विदेशमा पेट्रोलियम अन्वेषण काममा अनुभव प्राप्त गरेका नेपाली कामदारहरुसमेत अन्वेषणमा खटिदै आएका […]


‘लक्ष्यको शतप्रतिशत नजिक पुग्ने गरी काम गर्नुहोस्’ : गृहमन्त्री थापा

काठमाडौँ, मङ्सिर १२ गते । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा आज आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, “तोकिएको लक्ष्य १०० प्रतिशत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter