समाचार

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

कास्की, साउन १५ गते । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरीथरीका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी […]


स्थानीय अदालत र वैकल्पिक कानुनी उपचारको व्यवस्था गर्न कारण देखाउ आदेश

काठमाडौँ, साउन १५ गते । सर्वोच्च अदालतले स्थानीय अदालत र वैकल्पिक उपचारको मध्यस्थता सम्बन्धी व्यवस्था गर्न तीनै तहका सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलगायतले सोमबार दायर गर्नुभएको रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले गम्भीर संवैधानिक […]


नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जङ्गल र क्षेत्रफलको हिसाबले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले […]


सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, साउन १३ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताउनुभएको छ। आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो।उहाँले विद्युत उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बचेको विद्युत निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताउनुभयो।उहाँले ऊर्जा उत्पादकलाई […]


सहकारी संस्थाको उचित नियमन गर्न सरोकारवालाको जोड

काठमाडौँ, साउन १३ गते। सहकारी संस्थाको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आइतबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने सरोकारवालाले बताएका हुन्। छलफलबारे जानकारी दिँदै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले […]


यो वर्ष पनि ६३ वटा नर्सिङ कलेजले विद्यार्थी भर्ना लिन नपाउने

काठमाडौँ । विगत तीन वर्षदेखि बन्द रहेका ६३ वटा पीसीएल नर्सिङ कलेजहरूले यो वर्ष पनि विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । नियामक निकायको बेवास्ताका कारण ती नर्सिङ कलेजहरूले २०७८ सालदेखि विद्यार्थी भर्ना गर्न पाएका छैनन् । यो शैक्षिक सत्रमा समेत उनीहरूले विद्यार्थी लिन नपाउने भएका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) […]


तिहारलक्षित सयपत्री फूल रोपिँदै

निशा राई / धरान, साउन १२ गते । नेपालमा दसैँ, तिहारदेखि प्रेम दिवसलगायत विभिन्न चाडमा फूलको भरथेग गर्न धरानमा श्रमदान गरी सयपत्री फुल रोप्न थालिएको छ । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मीपूजाको दिन घरलाई सजाउन र भाइटिकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन छ । गत सालबाट धरान उपमहानगरपालिका […]


प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार

मीना कंडेल / कावासोती, साउन ११ गते । नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो । यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान […]


दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरण : ऊर्जा मन्त्री खड्का

काठमाडौँ, साउन ११ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभरि शतप्रतिशत विद्युतीकरण गरिसक्ने बताउनु भएको । नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले मुलुकभरि ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ र त्यसमा १५ प्रतिशत हिस्सा सामुदायिक विद्युतीकरणको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २०औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित […]


लाइसेन्स तीन सिफ्टमा २४ सैँ घण्टा छापिँदै

लक्ष्मण दर्नाल / काठमाडौँ, साउन १० गते। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तीन सिफ्टमा २४ सैँ घण्टा छाप्ने काम भइरहेको छ। छाप्न बाँकी सङ्ख्या १६ लाखभन्दा बढी भएपछि तीन सिफ्टमा छाप्न सुरु गरेको हो। छपाई कार्ड नभएर १० महिना रोकिएको छपाई कार्य जेठको दोस्रो हप्तादेखि सुरु भएको हो। जेठदेखि हालसम्म दुई लाखप्रति छापिएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter