समाचार

‘एशियन रेजिलियन्स समिट’ पर्यटन प्रवद्र्धनको कोसेढुङ्गा

दार्चुला, जेठ १७ गते । भूकम्पपछिको अप्ठ्यारो अवस्था पार गर्दै नेपाल अब पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले पहिलोपटक यहाँ ‘एशियन रेजिलियन्स समिट–२०१९’ आयोजना गरिएको छ । नेपाल विभिन्न चुनौतीलाई चिर्दै विश्वकै सुरक्षित र आकर्षक गन्तब्यका रुपमा पर्यटकको पर्खाइमा छ भन्ने सन्देशसहित पर्यटन प्रवद्र्धनका लागि सम्मेलन कोसेढुङ्गा सावित भएको सहभागी […]


महिला उत्थानका लागि समान अवसर जरुरी छ – प्रधानमन्त्री

काठमाडौँ, जेठ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को उद्घाटन गर्दै उहाँले महिलालाई हेला होइन, समान अवसर दिनुपर्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन, त्यसका […]


इतिहासको साक्षी ‘संविधानसभा पदक’

काठमाडौँ, जेठ १६ गते । लामो सङ्घर्ष, त्याग र बलिदान तथा दोस्रो जनआन्दोलनको उपलब्धिस्वरुप मुलुकमा पहिलोपटक २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । नयाँ संविधान ल्याउन हर कोसिस भए पनि अन्तत : विघटन भएपछि विसं २०७० मा अर्काे संविधानसभाको निर्वाचन भयो । राजनीतिक दलको सहकार्य र एकताले ९० प्रतिशत बढीको सहभागितामा २०७२ सालमा नयाँ संविधान जारी […]


डेनमार्कमा नेपाली संस्कृति झल्कने कार्यक्रम

काठमाडौं, जेठ १६ गते गणतन्त्र तथा सगरमाथा दिवसको अवसरमा डेनमार्कको वाकिङ्गस्ट्रिटमा बुधबार पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो । कोपनहेगनस्थित नेपाली राजदूतावास नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरूको सहयोग र सहकार्यमा सो सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । ऊक्त कार्यत्रममा कोपन हेगनसिथ्त कूटनीतिक नियोगका पदाधिकारी, सरकारी तथा विभिन्न संघ संस्थाका […]


प्रम कार्यालयमा तत्काल समस्या समाधान कक्ष

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को शुभारम्भ भएको छ । कक्षको प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीसँग भिडियो संवाद गरी शुरुआत गर्नुभयो । मुख्यमन्त्री एवं मन्त्रीले सम्बन्धित प्रदेशको आफ्नै कक्षबाट भिडियो संवाद गर्नुभएको कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्री […]


शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य होः प्रम

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताउनुभएको छ । गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उहाँले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गर्नुभयो । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा […]


अन्तर्राष्ट्रिय सगरमाथा दिवस – सौन्दर्य जोगाउने चुनौती

काठमाडौँ, जेठ १४ गते । विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो । […]


स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै

काठमाडौँ, जेठ १४ गते । लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न […]


शान्ति सुरक्षासुदृढः गृहमन्त्री थापा

काठमाडौँ, जेठ १३ गते । गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभइ घटनामा संलग्नहरु नै रहेको बताउनुभयो । […]


अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग

लम्की, जेठ १३ गते । अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् । कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् । अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter