समाचार

थप दुई बु्रमर ल्याउँदै कामपा

काठमाडौँ, जेठ २१ गते । काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर ९यान्त्रिक कुचो० ल्याउने भएको छ ।गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो । ढिलोमा आगामी हप्तामा काठमाडौँ आइपुग्ने ती यान्त्रिक […]


संरक्षित वनलाई एक करोड ४० लाख

बैतडी, जेठ २१ गते । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ । विनियोजित […]


समाजले स्वीकार नगर्दा तेस्रोलिङ्गीलाई समस्या

रुपन्देही, जेठ २० गते । परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो । सरकारी निकाय, विभिन्न सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक […]


छात्रालाई प्याड बनाउन सिकाइयो

मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ । विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो । विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाउनुभएको थियो । प्याड बनाउने कला सिकेपछि कक्षा १० मा अध्ययनरत […]


वार्षिक अङ्कमा तलमाथि परेको छैन – अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, जेठ १९ गते ।अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उहाँले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताउनुभयो […]


गरीब नेपालीको राम्रो भविष्य बन्नेमा भवनबाट सहयोग पुग्ने –सांसद भुसाल

ललितपुर, जेठ १९ गते । यहाँस्थित महेन्द्र आदर्श विद्याश्रमलाई चीन सरकारद्वारा निर्मित दशकोठेयुक्त भवन एक समारोहकाबीच हस्तान्तरण गरेको छ । चिनियाँ वाल दिवसका अवसरमा चीनमा सञ्चालित गरीबी उन्मूलन नामक संस्था (सिएफपिए)ले हस्तान्तरण गरेको उक्त भवनलाई सांसद पम्फा भुसालले उद्घाटन गर्नुभएको थियो । उक्त सामुदायिक विद्यालयमा वि.सं २०७२ सालको भूकम्पपछि कक्षाकोठा अभाव भइरहँदा उक्त सहयोग भएको […]


समृद्धि र विकास अबको आवश्यकता : प्रधानमन्त्री ओली

पोखरा, जेठ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ । नेपाल स्काउटको आज यहाँ शुरु भएको स्काउट युवा सम्मेलन(रोभर मुट)को उद्घाटन गर्दै उहाँले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताउनुभयो । देशको समग्र उन्नयनका लागि सङ्कृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उहाँले […]


राष्ट्रिय परिचयपत्रका लागि प्रक्रिया शुरू

रसुवा, जेठ १८ गते । राष्ट्रिय परिचयपत्र वितरणका लागि रसुवामा प्रक्रिया शुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक अन्तक्र्रियामा सो कुराको जानकारी दिइएको हो । विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सो परिचयपत्रको विवरण अद्यावधिकका लागि जिल्लाको १० स्थानमा केन्द्र राखिने जानकारी दिनुभयो । एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना […]


कृषि उत्पादनमा सहकारीको भूमिका नगन्य

काठमाडौँ, जेठ १८ गते । सहकारीमा बजेट बढ्दै गए पनि कृषिको परनिर्भरता भने चुलिँदै गएको छ । राज्यले अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई तेस्रो खम्बाका रुपमा स्वीकार गरे पनि कृषि उत्पादनका क्षेत्रमा सहकारीको लगानी आकर्षण हुन नसकेका कारण कृषिको परनिर्भरता चुलिँदै गएको विज्ञ बताउँछन् । सरकारले सहकारीका माध्यमबाट बचत तथा सीपको परिचालन गरी रोजगार प्रवद्र्धन गर्ने […]


कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाई हुने

नेत्र शाही/ जुम्ला ,जेठ १७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जु्म्लामा एमडिजिपी पढाईका लागि बाटो खुलेको छ । नेपाल मेडिकल काउन्सिलले आईतबार प्रतिष्ठानमा एमडिजिपी पढाई गर्न निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अव एमडिजिपी पढाई हुने बाटो खुलेपछि चाडै काम अगाडि बढाईनेछ । चाडै एमडिजिपीको लागि आवश्यक पूर्वाधार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter