समाचार

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

ललितपुर, जेठ २७ गते । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा […]


धमाधम धान रोपाइँ

बेलिना थापा / लमजुङ, जेठ २६ गते । लमजुङका किसानले खेतमा लगाएको आलु, गहुँ थन्काएर धान रोप्न सुरु गरेका छन् । असार नलाग्दै जिल्लाका ग्रामीण भेगमा धान रोप्न सुरु गरिएको हो । मस्र्याङदी गाउँपालिका–५, घेर्मुका किसान यतिबेला धमाधम धान रोप्दैछन् । स्थानीय शङ्कर घलेका अनुसार तीन÷चार दिनअघिदेखि गाउँको घेर्मुफाँटबाट धान रोप्न थालिएको हो । फाँटमा […]


आइएलओको शतवार्षिकीमा नेपालको उच्च सहभागिता

काठमाडौँ, जेठ २६ गते । ‘विश्व शान्तिको स्थापना सामाजिक न्यायको आधारमा मात्र स्थापना हुन सक्छ’ भन्ने मान्यता लिएर स्थापित अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले सय वर्ष पूरा गरेको छ । सय वर्ष पूरा गरेको गौरवमय अवसरमा सोमबारदेखि संसारभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुख स्वीट्जरल्याण्डको जेनेभामा भेला भएका छन् । संयुक्त राष्ट्र सङ्घको एक अङ्ग मानिने आइएलओको शतवार्षिकी […]


सामाजिक सुरक्षा भत्ता बढेकोमा वृद्धवृद्धा खुसी ‘बाँच्ने आधार तयार’

नारद गौतम / काठमाडौँ, जेठ २५ गते । ‘‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपार्इँलाई थाहा छ ?’’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोध्नुभयो । नेपाल सरकारले […]


नवीकरण नगराएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

लहान, जेठ २४ गते । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल […]


जनचासोका विषयमा कलम चलाउनुहोस् – मन्त्री बाँस्कोटा

तुलसीपुर, जेठ २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै […]


युवा वैज्ञानिकको अन्तर्राष्ट्रिय सञ्जाल

काठमाडौँ, जेठ २३ गते । आपसी ज्ञान र अनुभवको आदानप्रदानका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र अन्य मुलुकका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल (नेटवर्क) गठन गर्ने भएका छन् । उनीहरुले विद्यमान समस्यालाई सम्बोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले यहाँ आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलनमा उक्त सञ्जाल गठनको प्रस्ताव गरिएको हो । त्रिभुवन […]


सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट

कञ्चनपुर, जेठ २३ गते । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् । गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध गराउन निवेदन दिएका उपभोक्तालाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध […]


सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पोरेशन ९आइओसी० […]


काँक्रेविहारलाई खुल्ला ‘जु’ का रुपमा विकास गर्छौं – मुख्यमन्त्री शाही

सुर्खेत, जेठ २२ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारलाई खुल्ला ‘जू’ का रुपमा विकास गरिने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा काँक्रेविहार क्षेत्रमा आज बिहान आयोजित सरसफाइ तथा वृक्षरोपन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, “पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।” मुख्यमन्त्री शाहीले काँक्रेविहारमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter