समाचार

फेवा नव वर्ष महोत्सव

पोखरा, चैत १४ गते । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित […]


प्राङ्गारिक तरकारीको माग

बलेवा, चैत १४ गते । बागलुङको जैमिनी नगरपालिका–२ दमेकका टीकाराम सापकोटाले प्राङ्गारिक तरकारी खेती गर्न थालेको २२ वर्ष भयो । स्थानीय बजारमा उहाँले उत्पादन गरेको तरकारीको माग अहिले झन बढ्न थालेको छ । दमेकको बनहुँमा रहेको सात रोपनी खेतबारीमा उहाँले फलाएको तरकारीले राम्रो बजार पाउने गरेको हो । विसं २०५३ देखि निरन्तर तरकारी खेती गर्दै […]


घुम्टेमा गुराँस उत्सव हुने

गलकोट, चैत १३ गते । लालीगुराँस संरक्षणका लागि बागलुङमा ‘गुराँस उत्सव’ को आयोजना गर्ने भएको छ । पछिल्लो समय गुराँसका वनमा सडक विस्तार तथा फँडानीले गर्दा गुराँस मासिँदै गएकाले यसको संरक्षणका लागि पर्यटन विकास केन्द्र बागलुङले नयाँ वर्ष २०७६ को अवसरमा यहाँको घुम्टे पहाडमा ‘गुराँस उत्सव’ को आयोजना गर्ने भएको हो । उत्सव चैत ३० […]


भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

काठमाडौँ, चैत १३ गते । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका […]


शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

खलङ्गा, चैत १३ गते । जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका […]


नेपाल वायुसेवाले जुलाइदेखि जापानको ओसाका उडान भर्ने

काठमाडौँ, चैैत १२ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महीनादेखि ओसाका उडान औपचारिक […]


आठौँ राष्ट्रिय खेलकूदले नेपालगञ्जवासी उत्साहित

राँझा, चैैत १२ गते । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मङ्सिर महीनामै प्रतियोगिता आयोजना हुने भनिए पूर्वाधार तयार नएकाले अन्योल देखिएको अवस्थामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता उद्घाटन चैत २७ गते गरिने बताउनुभएकाले नेपालगञ्जवासी उत्साहित भएका हुन् । उहाँले यही चैत १५ गते बस्ने […]


प्रअ हुन मास्टर्स् इन फिलोसफी (एमफिल) अर्थात् दर्शनाचार्य अनिवार्य

काठमाडौँ, चैैत १२ गते । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो आंैल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ । उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्तीलाई आज यहाँ हस्तान्तरण ग¥यो । समितिका सदस्य […]


इच्छाशक्ति भए ग्रामीण क्षेत्रमा बसेर गुणस्तरीय स्वास्थ्य सेवा गर्न सकिन्छ

काठमाडौँ, चैत ११ गते । शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको थियो भने श्वासप्रश्वास पनि लिन सकिराखेको थिएन । झन्डै पाँच मिनेटपछि सुत्केरीले दोस्रो सन्तानको जन्म दिइन् । ती नवजात शिशुको अवस्था पनि पहिलोको सन्तान […]


छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन

मार्तडी, चैत ११ गते । छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं. ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिनुभयो । सो वडास्थित चौराटा हुँदै रतुडासम्म स्थलगत […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter