
फिदिम, वैशाख २२ गते । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०।०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु […]

काठमाडौँ, वैशाख २२ गते । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा […]

काठमाडौं, बैशाख २१ गते । आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । […]

काठमाडौँ, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको कार्यान्वयन बारेका अन्योल वा अस्पष्टताबारे सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा […]

बलेवा, वैशाख २१ गते । बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भएको छैन । खाजा, खाना र चियाका लागि बिसौनी बनेका लुम्लेका कयौँ साना होटल […]

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको […]

काठमाडौँ, वैशाख २० गते । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको […]

काठमाडौँ, वैशाख २० गते । नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका लागि आज सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको हो । पछिल्लो समय वातावरण विभागको संयोजनमा काठमाडौँ उपत्यकाका सात स्थानमा स्टेशन निर्माणको काम शुरु भइरहेको छ । […]

काठमाडौँ, वैशाख १८ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००औँ बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो । विभागले नेपाली हातेकागज, विद्युतीय सामग्री सुरक्षासम्बन्धी साधारण आवश्यकता, इन्डक्सन चुल्हो उपयोगितासम्बन्धी आवश्यकता, विद्युतीय […]

रसुवा, वैशाख १५ गते । रसुवागढी हँुदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् । हेमन्त र शिशिर ऋतुको समय अर्थात […]