
ललितपुर, फागुन २६ गते । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग […]

गोरखा, फागुन २५ गते । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिनुभयो । “मन्दिर निर्माणका लागि कूल रु […]

काठमाडौँ, फागुन २५ गते । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ । सरकारले लगानी गरेका […]

काठमाडौँ, फागुन २५ गते । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासचिव एन्टोनियो गुटरेससमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । त्यस अवसरमा महासचिव गुटरेसले हालै नेपालमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित अन्यको निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले शनिबार जनाएको छ । महासचिव गुटरेसले स्थायी प्रतिनिधि राईको स्वागत गर्दै नेपालसँगका […]

राँझा, फागुन २४ गते । कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् । कर्णाली प्रदेशलगायत हिमाली र पहाडी […]

काठमाडौँ, फागुन २४ गते । सरकारले आर्थिक वर्ष २०८०÷८१ सम्म विद्युतीय सवारीसाधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०७६÷७७ देखि आव २०८०÷८१ सम्म विद्युत्बाट सञ्चालित सवारीसाधनको प्रवद्र्धन गर्ने र आवश्यक महसुलसमेत तय गरी शहरी क्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालन गरिने उल्लेख […]

काठमाडौँ, फागुन २४ गते । ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले […]

काठमाडौँ, फागुन २३ गते । महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे निर्देशन दिने निर्णय गरेको हो । निर्णयमा […]

लहान, फागुन २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको सार्वजनिक निकायमा हुने अनियमिततालाई निगरानी गर्न सिरहामा भ्रष्टाचार बिरुद्धको निगरानी संस्था गठन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख सहसचिव शिवराम न्यौपानेको उपस्थितिमा सदरमुकाम सिरहामा सम्पन्न सर्वपक्षीय भेलाले सिरहाबाट प्रकाशित हुँदै आएको अपन दैनिकका प्रधानसम्पादक अनिरुद्ध ठाकुरको अध्यक्षतामा भ्रष्टाचार विरुद्धको निगरानी संस्था […]

पोखरा, फागुन २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण […]