
काठमाडौँ, फागुन १८ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंकलगायत दुई दर्जन […]

काठमाडौँ, फागुन १८ गते । समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ दशमलव दुई प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी […]

काठमाडौँ, फागुन १७ गते । आर्थिक र समृद्धिको सङ्कल्पलाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै लैजाने लक्ष्यका साथ सरकारले पछिल्ला दिन विभिन्न ऐन, नियम तथा कानूनलाई समायनुकूल संशोधन गर्दै लगेको छ । वैदेशिक लगानी आर्कषित गर्ने लक्ष्यका साथ सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून […]

काठमाडौँ, फागुन १७ गते । यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ । यो अधिकारको प्रभावकारी कार्यान्वयन गर्न यससम्बन्धी ऐनसमेत कार्यान्वयनमा ल्याएको छ । महिला अधिकारका लागि विश्वव्यापी अभियान (सिडिसाइडस्) दिवसका अवसरमा आजदेखि यहाँ शुरु भएको […]

चितवन, फागुन १६ गते । चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि झण्डै दुई वर्षयता शिकारीले गैँडा मार्न सकेका छैनन् तर प्राकृतिक कारणले हालसम्मकै धेरै गैँडा मरेपछि संरक्षणका क्षेत्रमा चासो र चिन्ता बढेको छ । निकुञ्जमा चालू आवकोे […]

ललितपुर, फागुन १६ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा […]

वीरगञ्ज,फागुन १६ गते । पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग दिनभरि बाख्रा चराउने, मेलापात गर्ने गरेकी उनमा एक्कासि पढ्ने जाँगर आएपछि बबुनीले आफ्नी आमा जगमतीदेवी रामसँग आफू पनि पढ्ने जिद्दी गरिन् । […]

काठमाडौं, फागुन १५ गते । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको शव फेला परेको छ । दुर्घटनामा परी अधिकारीसहित उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी, मन्त्रीका सुरक्षागार्ड अर्जुन घिमिरे र पर्यटन ब्यवसायी आङ छिरिङ शेर्पाको निधन भएको छ । मन्त्री […]

काठमाडौँ, फागुन १५ गते । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी तयारी शुरु गरेको मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताउनुभयो । यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ । पशुपतिनाथ […]

काठमाडौँ, फागुन १५ गते । राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद दिलकुमारी थापा रावलले भन्नुभयो, “अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौँसम्म किन आउन […]