समाचार

देश निर्माणका लागि इञ्जिनीयरको भूमिका महत्वपूर्ण प्रधानमन्त्री

काठमाडौँ, मङ्सिर २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार इञ्जिनीयरको पेशागत […]


‘सबै क्षेत्रको आलोपालो प्रणाली अन्त्य गरिने’

काठमाडौँ, मङ्सिर २२ गते । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताउनुभएको छ । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उहाँले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाउनुभएको हो […]


बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन्– राष्ट्रपति भण्डारी

बुटवल, मङ्सिर २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिनुभएको योगदानकै कारण उहाँप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी […]


सुशासन र विकास पक्षमा कलम चलाउनुपर्ने- अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, मङ्सिर २१ गते । अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री डा खतिवडाले सरकारले गरेका […]


दोस्रो बजारमा पाइन्छन् सस्तोमा वाणिज्य बैंकको शेयर

काठमाडौँ, मङ्सिर २१ गते । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सेञ्चुरी कर्मसियल बैंकको शेयर कमजोर देखिएको […]


गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण ः महान्यायधिवक्ता

काठमाडौँ, मङ्सिर २१ गते । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ । माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी वकिललाई कडाइकासाथ कानूनअनुसार […]


महानगरका विद्यालयका विद्यार्थीको एउटै पोशाक राखिने

काठमाडौँ, मङ्सिर २० गते । काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी […]


पर्यटन पदमार्गको पहिचान तथा नक्साङ्कन शुरु

काठमाडौँ, मङ्सिर २० गते । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाभित्रका मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन शुरु गरेको छ । पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालियन संस्था स्याटसँग मिलेर गरिमा भोयज ट्राभल्स एण्ड टुर्स प्रालिको सहजीकरणमा मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा पर्यटन पदमार्गको नक्साङ्कन गरिएको प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र अर्यालले जानकारी दिनुभयो […]


कृषि पूर्वाधार र यान्त्रिकीकरणमा सहयोग गर्न आग्रह

काठमाडौँ, मङ्सिर २० गते । सरकारले नेपालको कृषि पूर्वाधार र यान्त्रिकीकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटका क्रममा कृषि क्षेत्रमा सहयोगका विविध आयामका बारेमा छलफल भएको हो । भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपक्षीका क्षेत्रमा […]


लुम्बिनी आउने पर्यटक बास नबसी फर्कन्छन् (आलेख)

निरु गौतम / रुपन्देही, मङ्सिर १९ गते । यस वर्ष कात्तिकको मध्यसम्म करीब १६ लाख स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरिसके । भ्रमणका लागि उपयुक्त याम भएकाले यस वर्ष थप एक लाख पर्यटक लुम्बिनी घुम्न आउने अपेक्षा लुम्बिनी विकास कोषले राखेको छ । तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter