समाचार

सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक

काठमाडौँ, मङ्सिर १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको प्रशस्त सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । सूचना प्रविधि युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचना प्रविधिको सुधार र व्यवस्थापन गर्न सरकार तयार रहेको बताउनुभयो । सूचना प्रविधिको विकास र औचित्यलाई सबैले स्वीकार्नु अनिवार्य […]


उपराष्ट्रपति पुनसँग चिनियाँ राजदूत होङको बिदाइ भेट

काठमाडौँ, मङ्सिर १९ गते । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ । सो अवसरमा उपराष्ट्रपति पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो […]


आयोगद्वारा छिटो काम गर्न पाँच समिति गठन

काठमाडौँ, मङ्सिर १८ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति समिति गठन गरेको छ । भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति […]


नेपाली मूलका विदेशी विवाह गर्न नेपालमा

चितवन, मङ्सिर १८ गते । नेपाली मूलका विदेशी विवाह गर्न नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ । उनीहरूले अदालती विवाह गर्ने गरेका छन् । नेपाली नागरिकता त्यागेर विदेशमा भए पनि विवाहका लागि भने उनीहरूले नेपाली नै रोज्ने गरेका हुन् । चितवन जिल्ला अदालतमा भदौयता मात्रै २३ जोडीले विवाह गरेका छन् । विवाह गर्नेमा १३ नेपाली […]


रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

ललितपुर, मङ्सिर १८ गते । रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो । ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र पार्ने काम), चा […]


‘प्राकृतिक रुपमैै नेपाल चित्रमय देश’; प्रदर्शनीले पर्यटनमा सहयोग पुग्छ– उपप्रम पोखरेल

काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा वृहत चित्रकला प्रदर्शनी शुरु भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित महोत्सवमा विभिन्न ३८ देशका २७० चित्र प्रदर्शनमा रखिएको छ । आजै स्वदेश र विदेशका १३ जना चित्रकारले स्थलगत रुपमा चित्र कोरेका थिए । प्रदर्शनीमा नेपालसहित […]


भूमि समस्या समाधानार्थ शक्तिशाली आयोग गठन हुँदै

काठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । मोरङ जिल्लाका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गर्दै उहाँले भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीसमक्ष मोरङ जिल्लाका कानेपोखरी, लेटाङ, बेलबारी […]


पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु

म्याग्दी, मङ्सिर १७ गते । करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो । आयोजनाका प्रमुख शिवराम गेलालले हाल […]


एशिया प्रशान्त सम्मेलनः ४० देशका युवा अनुभव आदानप्रदान गर्दैै

काठमाडौँ, काठमाडौँ, मङ्सिर १६ गते । विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् । एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका लागि युवा र विद्यार्थी (वाइएसपी) संस्थाद्वारा आयोजित वाइएसपी–परिसंवाद कार्यक्रममा सहभागीले युवा नेतृत्वले खेल्नुपर्ने भूमिका तथा अनुभव […]


साना लगानीका मिडियालाई प्रवद्र्धन गर्न आग्रह

नुवाकोट, मङ्सिर १६ गते । नेपाल पत्रकार महासङ्घले साना लगानीको सञ्चारमाध्यमको प्रवद्र्धनका लागि स्थानीय तहको भूमिका अहम् रहेको ठहर गरेको छ । महासङ्घ, साना लगानीका सञ्चारमाध्यम हित प्रबद्र्धन समितिको आयोजनामा भएको ‘साना लगानीका सञ्चारमाध्यमको प्रबद्र्धनमा स्थानीय तहको भूमिका’ विषयको अन्तक्र्रियाका सहभागीले नेपालको सर्वाङ्गीण विकासका लागि साना लगानीका सञ्चारमाध्यमको भूमिमा अग्रणी रहेकाले तिनको प्रवद्र्धनमा सरकारले ध्यान […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter