
भद्रपुर, मङ्सिर १६ गते । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराएको छ ।कृषिका लागि छुट्याइएको चालु बजेटबाट किसानलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्न अनुदानमा २०० […]

काठमाडौँ, मङ्सिर १५ गते । अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समय श्रम सम्बन्धमा सुधार आएकाले मुलुकको आर्थिक विकासका लागि मार्ग प्रशस्त भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१औँ स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभयो । व्यापार घाटा बढ्नु मुलुकका लागि […]

दमौली, मङ्सिर १५ गते । मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन् । निकै कम मात्रै नेताहरुले कृषि पेशालाई अङ्गालेका छन् । तिनै मध्येका एक हुनुहुन्छ बन्दीपुर गाउँपालिका–१ पिप्लेका भीमप्रसाद गौतम । डा […]

काठमाडौँ, मङ्सिर १५ गते । एशिया प्रशान्त शिखर सम्मेलनमा बोल्ने अधिकांश मुलुकका नेताले विश्वले हाल सामना गर्नु परिरहेको विभिन्न चुनौतीको सबै मुलुक मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ । युनिभर्सल पिस फेडेरेसनद्वारा आज यहाँ आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले यस क्षेत्रका मुलुक आतङ्कवाद, चरमपन्थ, रोग र भोकबाट पीडित […]

काठमाडौँ, मङ्सिर १४ गते । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने १४ जनालाई खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट आज यहाँ सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना […]

काठमाडौँ, मङ्सिर १४ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षहरुको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको काटबिचेमा सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म आयोजना हुने भएको छ । विश्वका १९६ मुलुकका राजनीतिज्ञ, गैरसरकारी संस्था, अध्ययन संस्था तथा व्यावसायिक क्षेत्रका प्रतिनिधि गरी करीब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई […]

काठमाडौँ, मङ्सिर १४ गते । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पु¥याएको बताउनुभएको छ । काठमाडौँमा आजदेखि शुरु भएको गैरसरकारी संस्था महासङ्घको नवौँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उहाँले नागरिक समाज तथा नागरिक सङ्गठनले शान्ति, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकका रुपमा आफ्नो भूमिका खेलिरहेको उल्लेख गर्नुभयो […]

काठमाडौँ, मङ्सिर १३ गते । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले घोषणा गरेको ‘ नेपाल पर्यटन वर्ष २०२०’ प्रवद्र्धन हुने भएको छ । नेपालमा गत भदौमा सात राष्ट्रसम्मिलित बिम्स्टेक सम्मेलपछिको बृहत् यो सम्मेलनबाट नेपालको पर्यटकीय प्रचारप्रसारमा समेत टेवा पुग्ने मानिएको छ । सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुको पनि सहभागिता हुने […]

काठमाडौंँ मङ्सिर १३ गते । काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ । यातायात व्यवसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि […]

काठमाडौँ, मङ्सिर १३ गते । जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट .निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा […]