समाचार

पर्यटन प्रवद्र्धनलाई साझा अवधारणा

काठमाडौँ, मङ्सिर २७ गते । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताउनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनबारे आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएकाले कार्यक्रम बनाएर प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । राजदूत परेराले पर्यटक […]


नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

काठमाडौँ, मङ्सिर २७ गते ।: नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गर्नुभएको थियो । बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र […]


सञ्चार मन्त्रालयः कार्ययोजना बुझाउन ७ दिनको समयसीमा

काठमाडौँ, मङ्सिर २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशन दिएको छ । कामको गति सुस्त भएको जनाउँदै मन्त्रालयले कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ । सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका […]


विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छ– मन्त्री पोखरेल

काठमाडौँ, मङ्सिर २६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकामा जोड दिनुभएको छ । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पु¥याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन […]


सहुलियतपूर्ण कर्जा पाउनै गाह्रो

सविता शर्मा / काठमाडौँ, मङ्सिर २५ गते । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी भए पनि युवाले सहज रूपमा कर्जा पाउन नसकेको गुनासो व्यक्त गरेका छन् । बजेटमा व्यवस्था भएका कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि उक्त कार्यविधि तर्जुमा गरिएको हो । व्यवसाय गर्नका लागि आवश्यक रकमको जोहो गर्न कर्जा चाहिने भए पनि अधिकांश […]


महीनावारी स्वच्छताको लागि प्याड बनाउँदै किशोरी

राँझा, मङ्सिर २५ गते । महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो । भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्नसक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताउनुभयो । महीनावारीलाई […]


नवीकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, मङ्सिर २५ गते । सुदूरपश्चिम प्रदेशमा समन्वयात्मक रुपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत छ वटा गाउँ तथा नगरपालिकाबीच छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र जर्मन सहयोग नियोग (जिआइजेड) संयुक्तरुपमा सञ्चालित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा (रेरा) कार्यक्रममार्फत सुदूर पश्चिम प्रदेशका साझेदार […]


मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

तनहुँ, मङ्सिर २४ गते । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् । कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले घरपरिवारलाई खर्चसमेत पठाउँदै […]


तरकारी खेतीबाट आठ लाख आम्दानी

तुलसीपुर, मङ्सिर २३ गते । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आउनुभएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थाल्नुभएको हो । चौधरीले हाल २२ हेक्टर जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चौधरीले वार्षिक रु आठ लाखसम्म तरकारी खेतीबाट […]


विधेयक प्रस्तुत गर्न समितिको ध्यानाकर्षण

काठमाडौँ, मङ्सिर २४ गते । कानून, न्याय र मानव अधिकार समितिले संविधान प्रतिकूल रहेका कानूनको विवरण तयार गरेर पर्याप्त छलफलका लागि छिटो संसद्मा विधेयक प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ । समितिको आजको बैठकले सो निर्णय गरेको हो । उक्त समितिका सभापति कृष्णभक्त पोखरेलले भन्नुभयो, “यो संविधानसँग बाझिएका कानून जति पनि छ, सङ्घीय संसद्को […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter