
काठमाडौँ, मङ्सिर ८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुग्नुभयो । मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आप्mनो कृषि कर्ममा तल्लिन थिए । यद्यपि मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उहाँ अचम्मित र खुशी हुनुभयो । कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा […]

काठमाडौँ, मङ्सिर ७ गते । सरकारले विकास–निर्माणका परियोजना निर्धारित समयमा नै पूरा गर्न विकासका साझेदारहरूलाई आग्रह गरेको छ । एशियाली विकास बैङ्कको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजना तथा तिनको कार्यान्वयनका समस्या एवं निकासका लागि सम्बन्धित निकायसँग छलफल गर्ने उद्देश्यले आज राजधानीमा भएको त्रिपक्षीय बैठकमा विकास–निर्माणका परियोजना निर्धारित समयमै पूरा गर्नका लागि सरकारले समन्वयकर्ताको भूमिका निर्वाह […]

ललितपुर, मङ्सिर ७ गते । कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा […]

काठमाडौँ, मङ्सिर ७ गते । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने […]

भद्रपुर, मङ्सिर ६ गते । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग […]

उर्लाबारी, मङ्सिर ६ गते । सरकारले पशुपालन गर्ने किसानलाई सम्मानका साथै अनुदानसमेत दिन थालेपछि मोरङको उर्लाबारी–१ का कृष्ण आचार्य सरकारी जागिर छोडेर व्यावसायिक गाईपालन गरिरहनुभएको छ । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराउनुभएका आचार्यले चक डस्टर छोडेर गोबर सोहोर्दै गाई दुहुन थालेको छ वर्ष भएको छ । आचार्यले भोजपुरको चम्पे माविमा आठ वर्ष, […]

काठमाडौँ, मङ्सिर ६ गते । सडक नियम उल्लङ्घन गरेर कारवाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र (ब्ल्यु बुक) र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी छन् । झण्डै छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्रका कागजात अहिले पनि पटके शाखामा […]

रुपन्देही, मङ्सिर ५ गते । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो । लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र ‘हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान […]

ललितपुर, मङ्सिर ५ गते । प्रदेश सरकार मातहतमा गएको एक महीना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध गराउन सकेको छैन । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालय मोटरसाइकल शाखाले नयाँ नम्बर प्लेट दिए पनि सबै चारपाङ्ग्रे सवारीले दर्ता हुँदा पुरानै नम्बर पाइरहेका छन् । नयाँ नम्बर प्लेटका […]

लमही,मङ्सिर ५ गते ।‘धेरै संस्थाहरु गाउँमा आउँछन्, तपाईका समस्या के–के छन्, भन्छन् । कार्यक्रम गर्छन्, अनी फर्कन्छन् । हामी पीडित भएदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले यस्ता धेरै कार्यक्रम गरे । तर, हाम्रा दिन कहिल्यै फेरिएनन् ।’ यी हुन्, दाङको दंगीशरण गाउँपालिकाका द्वन्द्वपीडितले पोखेका पीडा । पीडित बासुदेव चौधरीले भन्नुभयो, “द्वन्द्वपीडित परिवारलाई राहत दिन […]