
काठमाडौँ, मङसिर १ गते । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ । सातौँ […]

काठमाडौँ, मङसिर १ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सहभागिता […]

काठमाडौँ, कात्तिक ३० गते । काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा […]

काठमाडौँ, कात्तिक ३० गते । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल भएको छ । ती विषयगत क्षेत्रमा कन्सुलर सहायता, आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ्य र महिला आप्रवासी कामदारको समानता रहेका छन् । बिहीबारदेखि यहाँ शुरु भएको बैठकमा कोलम्बो प्रोससमा […]

पोखरा, कात्तिक ३० गते । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको राष्ट्रिय चिया तथा कफी […]

काठमाडौँ, कात्तिक २९ गते । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार […]

साँखु, कात्तिक २९ गते । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुग्नुभएका खनालले भन्नुभयो, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर […]

काठमाडौँ, कात्तिक २९ गते । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडाँैमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै […]

रुपन्देही, कात्तिक २८ गते । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, […]

काठमाडौँ, कात्तिक २८ गते । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन […]