समाचार

एडिबीद्वारा ३९ अर्ब ३२ करोड विकास सहायता

काठमाडौँ, मङ्सिर ४ गते । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ […]


बालबालिका क्षेत्रको सुधारमा तीनै तहको सहयोग आवश्यक

काठमाडौँ, मङ्सिर ४ गते । बालबालिकाका क्षेत्रमा सुधार ल्याउन सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको विभिन्न सरोकार भएकाहरुले बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं केन्द्रीय बालकल्याण समितिद्वारा आज यहाँ आयोजित ‘अन्तरराष्ट्रिय बालअधिकार दिवस र नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिकीकरण’मा महिलामन्त्री थममाया थापाले बालबालिकाको […]


विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष : ‘द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति’

काठमाडौँ, मङ्सिर ४ गते । विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको थियो । बुधबार (भोलि) सो शान्ति सम्झौता भएको १२ वर्ष पुग्दैछ । तर द्वन्द्वका पीडितले न्यायको अनुभूति अहिलेसम्म गर्न […]


चिया क्षेत्र घोषणा गर्न माग

विराटनगर, मङ्सिर ३ गते । प्रदेश १ लाई चिया क्षेत्र घोषणा गरी चियाको समग्र विकास र विस्तारका लागि कार्यकारी अधिकारसहितको बोर्ड गठन गर्न सरोकारवालाले सुझाव दिएका छन् । आइतबार विराटनगरमा आयोजित चियाँसँग सम्बन्धित सवाल, चुनौती तथा आगामी बाटो विषयक छलफल कार्यक्रममा सरोकारवालाले त्यस्तो सुझाव दिएका हुन् । नेपालमा उत्पादन हुने कुल चियाको ९० प्रतिशत हिस्सा […]


एक वर्षे युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, मङ्सिर ३ गते । एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एण्ड जस्टिस र काठमाडौँस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित उक्त शैक्षिक सत्र गत जनवरीमा काठमाडौँमा शुरु भएर आज जनकपुरमा सम्पन्न भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको […]


अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन– राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ, मङ्सिर ३ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको आज यहाँ उदघाटन गर्दै उहाँले भन्नुभयो, “एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि हेला गर्नु हुँदैन । संविधानले धर्म नै नमान्न स्वतन्त्रताको अधिकार पनि […]


दृश्यावलोकन स्तम्भ बन्नेमा ढुक्क

काठमाडौँ, मङ्सिर २ गते । काठमाडौँ दृश्यावलोकनस्तम्भ निर्माणको काम अगाडि बढेको छ । सम्झौता भएको लामो समयसम्म काम शुरु हुन नसके पनि तीन महीनादेखि नियमित रुपमा काम भइरहेको छ । अहिले निर्माणका लागि जमीनमुनि गर्नुपर्ने काम भइरहेको र अबको एक महीनापछि देखिनेगरि नै काम हुने कामपा, निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । […]


सुपारी पकेट क्षेत्रको विकास गरिँदै

टीकाराम उप्रेती / झापा, मङ्सिर २ गते । झापालाई धान उत्पादनको सुपरजोन घोषणा भएसँगै जिल्लामा सुपारी खेतीलाई समेत पकेट क्षेत्रका रूपमा नै विकास गरिने योजना अघि बढाइएको छ । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा सुपारी जोन कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी […]


आप्रवासी कामदारलाई विविध सहुलियत

काठमाडौँ, मङ्सिर २ गते । ‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन सबका लागि लाभ’ भन्ने नारासाथ काठमाडौँमा शुरु भएको कोलम्बो प्रोसेसको पाँचौँ उच्च अधिकार (सचिव) स्तरीय बैठक र छैटौँ मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका १२ राष्ट्रको साझा मञ्च कोलम्बो प्रोसेसको बैठक शुक्रबार २७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको […]


नेपालगञ्ज शहर ‘नो हर्न’ घोषित

बाँके, मङसिर १ गते । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो हर्न’ अभियानअन्तर्गत आजदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ । नेपालगञ्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter