
काठमाडौँ, असोज १४ गते । पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा आजदेखि ‘लकर’ सेवा शुरु गरेको हो । सेवाको शुरु गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मन्दिरदर्शन गर्न आउने भक्तजनलाई दिनभर यही […]

पोखरा, असोज १४ गते । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्छन् । मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । […]

काठमाडौँ, असोज १४ गते । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशमा संविधान कानून बनेका छन्, राजनीतिक प्रतिबद्धता छ, तर अहिले पनि गर्भमै छोरा वा छोरी […]

काठमाडौँ, असोज १३ गते । राजधानीको पाँचतारे होटल साङ्ग्रिलाको विशाल पटाङ्गिनीमा बिहान १० बजेदेखि नै काठमाडौँमा रहेका कूटनीतिक समुदायका सदस्यको चहलपहल बढेको छ । थाइल्याण्ड र नेपालका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले यहाँस्थित थाई राजदूतावासले आयोजना गरेको थाई महोत्सवमा किनमेल गर्न र स्वादिला परिकारको मजा लिन उनीहरुले शनिबारको सदुपयोग गरेका हुन् । […]

स्याङ्जा, असोज १२ गते । देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ । आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ । पहिला रातिमा आउने पर्यटकलाई लाइन जाँदा स्वागत […]

ललितपुर, असोज ११ गते । अहिले लोप भइसकेका रैथाने बीउ फेरि लगाउन चाहनुहुन्छ ? या अहिले तपाईले खेतबारीमा रोपिरहनुभएका बीउ अर्काे पुस्तासम्म जोगाउन नसकिएला भन्ने चिन्तामा हुनुहुन्छ ? हावापानी सुहाउँदो अर्काे ठाउँको रैथाने बीउ खोज्दा नभेटेर तपाई हैरान हुन सक्नुहुन्छ । यदि त्यसो हो भने ढुक्क हुनुहोस् तपाईले खोज्नुभएका लोप भइसकेका बीउ पाउने मात्रै होइन […]

न्यूयोर्क, असोज ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै […]

काठमाडौँ, असोज ११ गते । गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । […]

काठमाडौँ, असोज १० गते । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताउनुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको भए पनि […]

काठमाडौँ, असोज १० गते । ‘अबको गन्तव्य – असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी गर्भपतन गराउने अनुमान छ । ती गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ । असुरक्षित गर्भपतनकै कारण […]