समाचार

परीक्षा दिइसकेका अस्थायी शिक्षकहरुको परीक्षा रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले परीक्षा दिइसकेका अस्थायी शिक्षकहरुको  परीक्षा रद्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । शिक्षक सेवा आयोगले १६ साउनमा निमावि तहमा स्थायी नियुक्ति लिएका  शिक्षकहरु समेत मावि तहमा  अस्थायी शिक्षकहरु मात्रै प्रतिस्पर्धा गर्न पाउने परीक्षामा सहभागी भएका भन्दै त्यस्ता शिक्षकहरुको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । यस्ता शिक्षक मुलुकभर ८३ जना […]


बैङ्कले दिएको बढी रकम फिर्ता

काठमाडौँ, भदौ १५ गते । ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले बढी दिएको रकम फिर्ता गर्नुभएको छ । वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले रु ५० हजार बढी दिएपछि फिर्ता गर्नुभएको हो । उहाँले आफूले इमान्दारिताका साथ बैङ्कले बढी दिएको रकम फिर्ता दिएको बताउनुभयो । उहाँले […]


मासिँदै हजार वर्षका सम्पदा; ३२ थरको उद्गम

दैलेख, भदौ १५ गते । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउनुहुन्छ । नेपाली भाषामा […]


अलैँची टिप्न भ्याइनभ्याई

बेलिना थापा / लमजुङ, भदौ १५ गते । लमजुङका किसान अलैँची टिप्न व्यस्त छन् । ग्रामीण भेगको बेंसी क्षेत्रका किसान एक साता यता अलैँची टिप्न र सुकाउन व्यस्त देखिन्छन् । अलैँची टिप्न बगानमा किसानको भीड छ । उनीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा अलैँची टिप्ने, छोड्याउने र सुकाउने गरेका छन् । मस्र्याङ्दी गाउँपालिका ७ सेराका गुमबहादुर […]


सम्पदा पुनःनिर्माणको नीति एकातिर, काम अर्कातिर

काठमाडौँ, भदौ १४ गते । ‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनःनिर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’ भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको संरक्षण एवम् पुनःनिर्माणसम्बन्धी आधारभूत निर्देशिका–२०७२ को बुँदा नं १३ मा उल्लेख गरिएको यो वाक्यांश अनुसार काम भएको भए सम्पदाप्रति नयाँ पुस्ताको अपनत्व बढ्ने थियो । तर […]


पीडितलाई न्याय हुने तरिकाले काम गर्नुस् – मन्त्री ढकाल

काठमाडौँ, भदौ १४ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्व पीडितलाई न्याय हुने तरिकाले काम गर्न द्वन्द्वकालीन दुई आयोगलाई आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले दुवै आयोगलाई द्वन्द्वपीडितलाई आशावादी हुने तरिकाले काम गर्न आग्रह गर्नुभएको हो । मन्त्री […]


पुस्तकालय दिवस ः पुस्तक नीतिको अभाव

काठमाडौँ, भदौ १४ गते । एघारौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइरहँदा पुस्तक नीतिका अभावले पुस्तकालयहरु अझै व्यवस्थापन हुन सकेका छैनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरेको छ । पुस्तकप्रति पाठकको आकर्षण भइरहेका बेला पुस्तक नीतिको अभावले पुस्तकालय व्यवस्थापनमा भने समस्या देखिएको छ । मन्त्रालयका पुस्तकालय समन्वय […]


चिकित्सा शिक्षा विधेयकमाथि छलफल

काठमाडौँ, भदौ १३ गते । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले […]


एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत

काठमाडौँ, भदौ १३ गते । एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको […]


बालिका बीमा कार्यविधि पारित

बुटवल, भदौ १३ गते । रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो । बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु २० हजार तथा अभिभावकले रु पाँच हजार शुल्क बुझाउनु पर्ने […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter