समाचार

अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा

काठमाडौँ, असोज १७ गते । विभिन्न दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा परेको छ । मन्त्रिपरिषद्ले विसं २०७१ वैशाख २४ गते गरेको निर्णयअनुसार अभिलेखालय रहेको रामशाहपथस्थित भवन सर्वोच्च अदालतका लागि खाली गर्नुपर्नेछ । राष्ट्रियरुपमा महत्वपूर्ण दस्तावेज रहेको यो भवन सर्वोच्चको ग्यारेज बनाउन पटकपटक पत्राचार […]


एक्ली माहुते बिमला

भीमदत्तनगर, असोज १७ गते । प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन विभेद अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ पलियाका २४ वर्षीया विमला चौधरी अब्बल महिलाका रुपमा देखिएकी छन् । शुक्लाफाँटा राष्ट्रिय […]


सरकारले विशेष कडाइ गरेपछि पाँच किलो सुन बरामद

काठमाडौँ, असोज १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ । परिसरले आज पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन […]


टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

तुलसीपुर, असोज १६ गते । लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भन्नुभयो […]


सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण; सहायता कक्ष स्थापना

घोराही, असोज १६ गते । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन […]


तलेजु भवानी मन्दिरको व्यवस्थापन सुरु

काठमाडौँ, असोज १६ गते । बडादसैँका अवसरमा महानवमीका दिन दुई लाखभन्दा बढी भक्तजन तलेजु भवानीको दर्शन गर्न आउने अनुमानसहित यहाँ व्यवस्थापन सुरु भएको छ । हनुमानढोका दरबार स्थित दसैँघरकम सोही अनुमानका साथ जमरा र टीका लिन आउनेका लागि पनि व्यवस्था गरिएको छ । दरवारका पर्वपूजा संयोजक मिठाराम पुडासैनीका अनुसार दसैँघरमा राखिएको जमरा र टीका विगतमा […]


आमसंचार माध्यममा विपद्का बेला ज्येष्ठ नागरिक प्रति बेवास्ता

काठमाडौं, १६ असोज / विपद्का बेला संचार माध्यमहरुमा ज्येष्ठ नागरिकका आवाज बुलन्द नहुने र उनीहरु अक्सर अदृष्य रहने एक अध्ययनले देखाएको छ । “२०७२ को महाभूकम्प पश्चात् तीन ठूला अखवारमार्फत् तीन महिनासम्म ज्येष्ठ नागरिकसम्बन्धी जम्मा तीन दर्जन सामाग्रीहरु मात्र प्रकाशित भए,” विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा अधिकार तथा गरिमा केन्द्रद्वारा आयोजित एक पत्रकार भेलामा अध्येता […]


एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौँ, असोज १५ गते । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको […]


नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

नेपालगञ्ज, असोज १५ गते । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि […]


चाडपर्व लक्षित विशेष सुरक्षा योजना

फिदिम, असोज १५ गते । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter