
न्यूयोर्क, असोज १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा […]

बनेपा, असोज ९ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक्रियामा उहाँले पैसा लिएर काम नगर्ने र एकै परिवारमा तथा एक ठाउँमा पक्की घर भई […]

काठमाडौँ, असोज ९ गते । प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथि छलफलका क्रममा उठेका जिज्ञासामा गृहमन्त्री थापाले विश्वविद्यालयले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सांसद खगराज अधिकारी, […]

काठमाडौँ, असोज ९ गते । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ । आयोजना यही असोज ७ गतेदेखि बन्द नै […]

सिमकोट, असोज ९ गते । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको […]

भैरहवा, असोज ८ गते । रूपन्देहीको टिकुलिगढीस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर प्रालिले ५० करोडभन्दा बढी लगानी थप गर्ने भएको छ । मुलुककै ठूलो मानिएको गाईफार्मले लगानी थप गरेर डेरी उद्योग र खाद्य उद्योग ग्राम सञ्चालनमा ल्याउने तयारी गरेको हो । पाँच सय गाई पालेर दैनिक सरदर दुई हजार लिटर दूध बिक्री गर्दै आएको […]

सीता शर्मा / काठमाडौँ, असोज ८ गते । सूचना प्रविधिको क्षेत्रमा रोजगारीका अवसरको अध्ययनका लागि गठित कार्यदलले सूचना प्रविधि (आईटी) र बिजनेस प्रोसेस आउट सोर्सिङ (बीपीओे) क्षेत्रमा ८५ हजारलाई रोजगारी दिन सकिने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्वमा गठित कार्यदलले उक्त सुझावसहितको प्रतिवेदन आइतबार श्रम, […]

काठमाडौँ, असोज ८ गते । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब पनि हिंसा र आतङ्कको कुरा गर्नु मुलुक र जनताको हितमा नहुने बताउनुभएको छ । मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अबसरमा उहाँले मुलुकलाई जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास र समृद्धिका लागि त्यस्ता प्रवृत्ति विरुद्ध सबै एक भएर उभिनुपर्ने […]

इलाम, असोज ६ गते । जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् । जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडीबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडीबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी […]

बाँके, असोज ६ गते । खिनुमाया पाठक १९ वर्षदेखि राज्यद्वारा बेपत्ता पारिएका पतिको सत्यतथ्य थाहा पाउन भौतारिरहनुभएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा जिल्लाको राप्तीपारि बैजापुरमा शिक्षण पेशामा कार्यरत उहाँका पति ढाकाराम पाठकलाई सुरक्षाकर्मीले २०५६ मा बर्दियाबाट बलपूर्वक बेपत्ता पारेका थिए । माओवादी भएकै आरोपमा बेपत्ता पारिएका ढाकारामको अवस्था अहिलेसम्म अज्ञात छ । घरमूलीलाई […]